मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौंको टोखाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नुवाकोटको दुप्चेश्‍वर गाउँपालिका ७ घर भइ हाल काठमाडौं बस्दै आएका २८ वर्षीय मान बहादुर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

बागमती प्रदेश ०२–०३६ प ५१९२ नम्बरको मोटरसाइकल काठमाडौंको भिमसेनस्थानबाट हराएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन प्राप्त भएको थियो।

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३८ प ६७१६ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट खटिएको टोलीले मोटरसाइकलसहित फेला पारी चोरीमा संलग्न तामाङलाई टोखाबाट सोमबार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जनसेवा पठाइएको छ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ३१ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’