इजिप्टको राष्ट्रपतिमा सिसी पुनः निर्वाचित « Khabarhub

इजिप्टको राष्ट्रपतिमा सिसी पुनः निर्वाचित


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कायरो – इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी ८९ दशमलव छ प्रतिशत मतका साथ छ वर्षको नयाँ कार्यकालका लागि विजयी भएको निर्वाचन प्राधिकरणले सोमबार घोषणा गरेको छ । प्राधिकरण प्रमुख हेजेम बदावीका अनुसार इजिप्टमा ६६ दशमलव आठ प्रतिशत ‘अभूतपूर्व’ मतदान भएको छ ।

एक दशकसम्म सबैभन्दा धेरै जनसङ्ख्या भएको अरब मुलुकमा शासन गर्ने पूर्वसेनाप्रमुख सिसीको पक्षमा तीन करोड ९० लाखभन्दा बढीले मत दिएका थिए । डिसेम्बर १० देखि १२ सम्म भएको मतदानमा राष्ट्रपतिको लडाइँ तीन अज्ञात आफन्तसँग थियो । रिपब्लिकन पिपुल्स पार्टीको नेतृत्व गर्ने उपविजेता हेजम उमरलाई चार दशमलव पाँच प्रतिशत मत हासिल भयो ।

त्यसपछि वामपन्थी झुकाव भएको इजिप्टको सोसल डेमोक्रेटिक पार्टीका नेता फरित जहरान र एक शताब्दी पुरानो तर अपेक्षाकृत सीमान्त पार्टी वफदबाट अब्देल–सनद यामामा क्रमशः तेस्रो र चौथो स्थानमा आए । अब सिसी अप्रिलदेखि सुरु हुने आफ्नो तेस्रो र संविधानअनुसार अन्तिम कार्यकाल पूरा गर्नका लागि तयार छन् ।

इजिप्ट आफ्नो अहिलेसम्मको सबैभन्दा खराब आर्थिक सङ्कट र छिमेकी गाजामा इजराइल–हमास युद्धका कारण व्यापक तनावले घेरिएको भए पनि सिसीको जित कुनै आश्चर्यको कुरा होइन ।

इजिप्टमा मुद्रा खस्किएको छ र वार्षिक मुद्रास्फीति ३६ दशमलव चार प्रतिशतमा चलिरहेको छ । यसबाट साताका क्रममा केही खाद्य पदार्थको मूल्य बढ्दा घरेलु बजेट प्रभावित भइरहेको छ । वर्तमान आर्थिक सङ्कटअघि पनि इजिप्टको १० करोड ६० लाख जनसङ्ख्यामा करिब दुई तिहाइले गरिबीको रेखामुनि वा त्योभन्दा तलको जीवन गुजारा गरिरहेका थिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : २८ बजे

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम

दक्षिण सुडानमा विद्रोही आक्रमण, १५ जनाको मृत्यु

जुबा – दक्षिण सुडानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार विद्रोही लडाकूले गरेको

चोरीको माइक्रोबससहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंमा चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका

कांग्रेसलाई आफ्नै नेता कार्यकर्ताले हराइरहेका छन् : शशांक कोइराला

बुटवल – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

रौतहट – नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन