अहिलेको नयाँ शक्ति माओवादी हो : वर्षमान पुन | Khabarhub Khabarhub

अहिलेको नयाँ शक्ति माओवादी हो : वर्षमान पुन


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको नयाँ शक्ति भनेको माओवादी भएको दाबी गरेको छ । हेटौँडामा प्रेस सेन्टर मकवानपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले राम्रा काम गर्न खोज्दा सबैतिरबाट घेराबन्दी भएको बताए।

यो सरकारले सुशासनका विषयमा धेरै काम गरेको बताउँदै नेता पुनले अब सरकारले गति लिनेमा विश्वास व्यक्त गरे । एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको उल्लेख गर्दै उनले माओवादी पनि त्यही लाइनमा रहेको बताए ।

पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वाभाविक रहेको बताउँदै आगामी चौमासिकमा सरकारको गति उच्च रहने तर्क गरे । सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाई असफल बनाउन घेराबन्दी भइरहेको भन्दै उनले राम्रो कामलाई सबै दलले सहयोग गर्नुपर्ने संस्कारको विकास जरुरी रहेको बताए । सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सही रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुननिर्माण गर्नुपर्ने धारणा व्यक्त गरे।

नेता पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद् विघटन गर्नु नै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताए । त्यसयता माओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको भन्दै उनले अब माओवादी कमब्याकको चरणमा रहेको बताए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ०९ बजे

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई