अमेरिकी निर्वाचनमा अनलाइनमार्फत् चिनियाँ प्रभावित बढ्नसक्छ : मेटा « Khabarhub

अमेरिकी निर्वाचनमा अनलाइनमार्फत् चिनियाँ प्रभावित बढ्नसक्छ : मेटा


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सन फ्रान्सिस्को- अर्को वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चिनियाँ अनलाइन प्रभाव बढ्ने फेसबुकको माउ कम्पनी मेटाले चेतावनी दिएको छ । इन्टरनेट प्रयोग गर्ने मतदातालाई प्रभावित बानउनका लागि चीनबाट धेरै अनलाइन सामग्रीहरु सार्वजनिक हुने गरेको मेटाले जनाएको छ ।

यसबाट सतर्क रहनुपर्ने मेटाको विश्वव्यापी जोखिम विभागका बेन निम्मोलाई उद्धृत गर्दै द स्ट्रेट टाइम्सले जनाएको छ । मेटाले हालै चीनबाट सञ्चालित झण्डै ५ हजार नक्कली अकाउन्ट हटाइदिएको जनाएको छ ।

यस्ता अकाउन्टहरुले चीनको प्रसंशा गरेको र आन्तरिक राजनीतिबारे टिप्पणी गर्ने गरेका थिए । मेटाले यस्ता अकाउन्ट चीनबाट सञ्चालन भएको बताएपनि यसमा चीन सरकारको प्रत्यक्ष संलग्नता रहेकोबारे केही उल्लेख गरेको छैन ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १२ : ५५ बजे

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न