भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउछौं : मन्त्री गुरुङ « Khabarhub

भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउछौं : मन्त्री गुरुङ


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मलेखु – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकारको पहिलो ध्येय सुशासन भएको बताएका छन्। सरकारले भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने लक्ष्यका साथ अगाडि बढेको उनले स्पष्ट पारे ।

धादिङको ज्वालामुखी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उनले भने, “देशमा चलखेल भइरहेको छ । कोही सरकार ढाल्ने दाउमा छन् । कोही देशको व्यवस्था नै ढाल्दिन्छम भन्नेहरू पनि छन् । हामीले देश र जनताका लागि राजनीति गरेका हौँ । व्यवस्थालाई दोष होइन नेता आफैँ सुध्रिनुपर्छ ।”

देशका विकृति तथा विसङ्गतिहरू निर्मूल पार्न सम्बन्धित मन्त्रालयबाट कानुन बनाएर ल्याउने र विधेयक तयार पार्नुपर्नेमा मन्त्री गुरुङको जोड थियो । अन्य मन्त्रालयले सुशासनका विषयमा विधेयक ल्याए कानुन मन्त्रालयले सहमति दिनुपर्ने बाध्यता रहेको उनले बताए । “मैले मात्र लेख्न मिल्ने भए खुरुखुरु दर्जनौँ कानुन लेख्ने थिएँ । नेपाली जनताको न्याय गर्ने थिएँ,” उनले भने ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : ०७ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता