हरर फिल्ममा अभिनय गर्दै काजोल « Khabarhub

हरर फिल्ममा अभिनय गर्दै काजोल


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – बलिउड अभिनेत्री काजोलको यो वर्ष २ फिल्म आयो । एक ‘लस्ट स्टोरीज २’ र अर्को ‘द ट्रायल’ ।

आउँदो वर्षपछि काजोलको दुई फिल्म रिलिज हुँदैछ । यसैबीच चर्चा छ काजोल अर्को नयाँ फिल्ममा जोडिएकी छन् । यो फिल्म मार्फत उनी पहिलो पटक हरर जनरामा काम गर्दैछिन् ।

रिपोर्टका अनुसार फिल्मको नाम ‘मां’ हो । फिल्म ‘छोरी’का निर्देशक विशाल फुरियाले निर्देशन गर्न लागेका हुन् । फिल्म अजय देवगनको ब्यानरमा बन्न लागेको हो ।

फिल्मको कथा एक आमा वरिपरि घुम्नेछ । तर निर्माण युनिटले यस बिषयमा धेरै जानकारी सार्वजनिक गरेको छैन । फिल्म २०२४ भित्र फ्लोरमा जानेछ ।

काजोलले अहिलेसम्म हरर जनराको फिल्म अभिनय गरेकी छैनन् । त्यसैले उनको यो पहिलो हरर फिल्म हुनेछ । फिल्मका लागि काजोल पनि एक्साइटेट रहेको बताइन्छ ।

यो फिल्मको अलवा काजोलका साथमा केही अन्य प्रोजेट पनि छन् । उनी अहिले मलयालम सुपरस्टार पृथ्वीराज सुकुमारनसँग एक नयाँ प्रोजेटमा काम गरिरहेकी छन् । यसको अलवा करज जौहरको फिल्म ‘सरजमीन’मा पनि काम गर्नेछिन् ।

स्रोत : एएनआई

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : २८ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार