सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ : शेखर कोइराला « Khabarhub

सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ : शेखर कोइराला


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले पार्टी अहिले पनि बलियो अवस्थामा रहेको भन्दै आन्तरिक घात गर्नेबाट पार्टीलाई कमजोर बनाएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई आज विदुरमा सम्बोधन गर्दै काइरालाले सङ्गठन चुस्त बनाएर लगे कांग्रेसलाई कसैले हराउन नसक्ने बताए

वरिष्ठ नेता कोइरालाले भने, ‘आफ्नै छायासँग डर लाग्छ । आफ्नै साथीसँग सुरक्षित हुन चुनौती छ ।’ उहाँले पार्टीलाई सुधार गरेर अघि बढाउनलाई पार्टी र पार्टीबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिबीच सहकार्य हुन आवश्यक रहेको सुझाव दिए ।

कोइरालाले देशको समस्या समाधानका लागि अहिलेको सरकारको विकल्प आवश्यक रहेको बताए। कांग्रेस आफैं सक्षम हुँदाहुँदै अरुलाई नेतृत्व गर्न दिनु नै भुल भएको उनको भनाइ छ । नेकपा माओवादी नेतृत्वको सरकारले जनतामा आशा जगाउन नसकेको भन्दै उनले अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए।

उनले भने‘सरकारसँग जनता निराश छन्, जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ। जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ, अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन, जनताले दुःख मात्रै पाउँछन्।’

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : ५२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल