ढिलो विवाह गर्दा कम तौल भएको बच्चा जन्मिन्छ « Khabarhub

ढिलो विवाह गर्दा कम तौल भएको बच्चा जन्मिन्छ



काठमाडौँ – पछिल्लो समय नेपालमा महिला प्रजनन स्वास्थ्यमा धेरै समस्याहरू देखा परेका छन् । त्यसै मध्ये एक हो कम तौल भएको बच्चा जन्मिनुलाई पनि लिएको छ । बच्चाको कम तौल हुनुमा प्रमुख कारणका रूपमा महिना नपुगी जन्मिनुलाई लिएको चिकित्सकहरूको भनाइ छ । नवजात शिशुको मृत्युको विभिन्न कारणमध्ये महिना नपुगी जन्मिनु पनि एक हो । त्यसैले किन र कसरी कम तौल भएको बच्चा जन्मिन्छ त ? कसरी हेरचाह गर्ने लगायतका विषयमा आधारित रहेर वरिष्ठ महिला तथा प्रजनन रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतमसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

कम तौल भएको बच्चा कसरी जन्मिन्छ ?
साधरणतया १०० जना बच्चा जन्मिँदा ७ देखि ८ जना बच्चा कम तौल भएको हुन्छन् । मुख्य कारण भनेको महिना नपुगी जन्मिनु हो । बच्चा भित्र राम्रोसँग नबढेर पनि तौल कम हुन्छ । योनी र पाठेघरमा संक्रमण भयो भने व्यथा छिटो लाग्छ, जम्ल्याहा र तिम्ल्याहा बच्चा हुँदा, ढिलो विवाहले पनि पेटमा बच्चा बस्दैन र त्यसको लागि उपचार हुन्छ । ओभिलेशन इन्डक्सन भन्ने औषधि हुन्छ जसले धेरै अण्डा उत्पादन गर्दछ र धेरै बच्चा बस्न सक्छन् । त्यस्तो मा पनि छिटो बच्चा जन्मिन्छ । सामान्यतया महिलाको बच्चा जन्माउन उपयुक्त उमेर भनेको २० देखि ३० वर्ष हो । अहिले मान्छेले आफ्नो करियर बनाउँदा ढिलो विवाह गर्ने र आमामा डायबिटिज,प्रेसर, उच्च रक्तचाप लगायतका समस्याहरू हुने हुँदा तौल कम भएको बच्चा जन्मिन्छ ।

समय पुगेर पनि कम तौलको बच्चा किन जन्मिन्छ ?
बच्चा नबढ्ने धेरै कारणहरू हुन्छन् । एउटा त बच्चा आफैमा समस्या, आमा समस्या, महिलामा आराम कम भयो भने, धेरै बच्चा हुँदा सानो सानो बच्चा जन्मिन्छन् ।

वास्तविक तौलमा जन्मिएको बच्चा र कम तौल भएको बच्चामा कस्तो फरक हुन्छ ?
पेटभित्र बच्चाले आमाको शरीरबाट अक्सिजन, खानाहरू सबै पाउँछ । तर बाहिर आए पछि हरेक कुरामा उसले संघर्ष गर्नु पर्दछ, रोग लाग्ने सम्भावना बढी हुन्छ, तौल बढ्दैन । त्यसैले बच्चालाई सानो छ भने उपचार गर्नु पर्दछ । सामान्य बच्चा छ भने ठिक्क दूध खुवाउनु पर्दछ सानो बच्चा छ भने छिन छिनमा खुवाउनु पर्दछ, खोपहरू समयमा लगाउनु पर्दछ । तातो चिसोबाट बचाउनु पर्दछ । त्यो बच्चामा बंशाणुगत रोग छैन भने सामान्य हुन्छ ।

बच्चाको वास्तविक तौल कति हो ?
बच्चाको वास्तविक तौल दुई किलो हुन्छ । त्यो भन्दा तलकोलाई सानो भनिन्छ र १ केजी ५०० ग्राम भन्दा सानो भयो भने त्यसलाई हामी धेरै लो भन्छौँ । त्यस्तो बच्चालाई बचाउन गाह्रो हुन्छ ।

एनआइसीयूमा कति समयसम्म राखेर ख्याल गर्नु पर्दछ ?
सानो हुँदा उसलाई श्वास फेर्न गाह्रो हुन्छ । कसैलाई अक्सिजनले मात्र पनि हुन्छ तर कसैमा भेन्टिलेटरमा नै राखेर उपचार गर्नु पर्ने हुन्छ । फोक्सोको राम्रो विकास नभएको हुँदा सरफ्याक्टेन भन्ने औषधि दिनु पर्दछ । त्यो महँगो छ तर नेपालमा छ । खान सक्दैन उसलाई नशा र नाकबाट खुवाउनु पर्दछ । उसलाई पानी र अक्सिजन सबै चाहिन्छ । उसलाई इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ । त्यसैले यस्ता सेवा दिन एन आइसियुको आवश्यकता पर्दछ । आफै खान सक्छ श्वास को मात्रा हावामा नै पुगेको छ भने आमालाई नै दिएर उपचार गर्छौँ । सानो बच्च छ भने हामी कङ्गारु मदर केयर भन्छौँ । त्यो भनेको आमाको छातीमा नै टाँसेर राख्ने प्रविधि हो ।

एनआइसियुबाट निकालेर घरमा लैजाँदा कसरी केयर गर्ने ?
डाक्टरले आमालाई यसरी खुवाउने, यसरी नुहाउने भनेर सबै कुरा सिकाउनु हुन्छ । घरमा धेरै जोखिममा हामी घर पठाउँदैनौँ । बच्चाले समयमा खाएन भने, दूध चुसेन भने, धेरै दिसा गर्याे भने फोन गरेर ल्याउनु भन्छौँ ।

पछाडि कुनै असर गर्छ कि ?
धेरै समय अक्सिजन दिएकोलाई आँखाको समस्या हुन सक्छ । त्यस्तोलाई हामी बिच बिचमा आँखाको डाक्टरलाई देखाई रहन्छौँ, श्वास फेर्न समस्या हुन सक्छ, तौल कम बढ्न सक्छ । जन्मिँदा सानो भयो भने पछि सामान्य पनि हुन्छ । अरूको दाँजोमा थारै समस्या हुन सक्छ ।

कम तौल भएको बच्चा नजन्मियोस् भनेर आमाले पहिला नै के के कुरामा ध्यान दिने त ?
पहिला अलि युवा उमेरमा नै बच्चा जन्माउने । बच्चा सही विकास भएको छ कि छैन भनेर बेला बेला जाँच गर्ने, पर्याप्त मात्रामा खाना र आराम लिने, आमामा कुनै समस्या रोग छ कि छैन भनेर हामी जाँच गर्छौ । राती ८ घण्टा र दिउसो २ अण्डा सुत्नु पर्दछ गर्भवती महिला । आइरन क्याल्सियम र पहिलो ३ महिना फोलिक एसिड खायो, समयमा खोप लगाउँदा यस्तो समस्या हुँदैन । पाठेघरको योनिको मुखको इन्फेक्सन भयो भने त्यसको पनि जाँच गर्नु पर्दछ । त्यस्तो उपचार गर्दा महिना नपुगी बच्चा जन्मिने समस्या कम हुन्छ ।

घर परिवारले कस्तो ख्याल गर्नु पर्दछ ?
यो गर्भावस्थालाई घरपरिवारले राज्यले पनि विशेष ध्यान दिनु पर्दछ । पोसिलो खाना खानु पर्दछ भनेर मात्र हुँदैन खाना पर्याप्त मात्रमा खुवाउनु पर्याे । अहिलेको २१ औँ शताब्दीमा जन्मेको बच्चा राम्रो र स्वस्थ हुनु पर्‍यो। ताकि भविष्यमा उसले राम्रो गर्न सकोस् । त्यसैले स्वस्थ हुन पहिला पेटबाट नै स्वस्थ हुनु पर्‍यो। राज्यले पनि स्वाथ्यलाई प्राथमिकतामा राख्नु पर्‍यो । विदेशमा स्विडेनमा १ वर्ष सुत्केरी बिदा दिन्छ राज्यले मजाले दूध खुवाउन । हुन त हाम्रोमा पनि ९८ दिन दिएको छ तर यतिले पुग्दैन, कम्तीमा पनि ६ महिना हुनु पर्‍यो। गर्भवतीलाई चाहिने सबै सामग्री औषधि घरमा नै पुर्‍याउनु पर्‍यो । जन्मिने बच्चा स्वास्थ्य भएन भने राष्ट्र कसरी स्वस्थ हुन्छ ।

एउटा वरिष्ठ प्रजनन् रोग विशेषज्ञ भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ?
गर्भवती महिला स्वस्थ हुन बेलैमा विवाह गर्ने र बच्चा ३० वर्ष भन्दा अगाडि नै जन्माउने, बच्चा बस्नु भन्दा अगाडि प्री नेटल काउन्सिलिङ एक पटक गर्नु पर्दछ । फोलिक एसिड खाने, यन्टीनेटल केयर घरपरिवारले राम्रो ध्यान दिने, गर्भ अवस्थाको ८ पटक जाँच गराउने व्यवस्था सरकारले गराउनु पर्दछ । बच्चा ठिक छ कि छैन भनेर अल्ट्रासाउन्ड गर्ने, राम्रो सुविधा भएको अस्पतालमा सुत्केरी गराउने ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ७ : ०३ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै