सडक निर्माणसम्बन्धी समस्या समाधान गर्न साझा संयन्त्र बनाइने | Khabarhub Khabarhub

सडक निर्माणसम्बन्धी समस्या समाधान गर्न साझा संयन्त्र बनाइने


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा सडक निर्माणसँग सम्बन्धित निकायबीच सडक समस्या समाधानका लागि साझा संयन्त्र बनाएर काम गर्ने गरी सहमति भएको छ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपत्यकाका महानगरपालिका, सडकमा संरचना रहने निकायका प्रतिनिधिसहितको अन्तर्क्रियात्मक बैठकले कुनै एउटा निकायले मात्रै चाहेर सडकको राम्रो बन्न नसक्ने भन्दै मिलेर अघि बढ्ने गरी छलफल भएको हो।

विगतमा मन्त्रालय, स्थानीय निकाय र अन्य आयोजनाले छुट्टाछुट्टै सडक निर्माण गर्ने गरेको तर कुनै एक निकायले मात्रै चाहेर सडकको गुणात्मक विकास हुन नसकेको बताइएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले सबै निकायबीच एउटा साझा संयन्त्र बनाएर समन्वयमा नै सडक निर्माण र सुधारको काम हुनुपर्ने बताए। सबैले समन्वयमा आआफ्नो काम गर्नुपर्नेमा उनको जोड छ। सडकमा स्वामित्व फरकफरक मन्त्रालय वा फरक सरकारको भए पनि कुनै पनि समस्या आउँदा भौतिक पूर्वाधार मन्त्रालयलाई आरोप लाग्ने गरेको उनको भनाइ छ।

उनले भने, “सडकमा खाल्डाखुल्डी छ भने त्यो आरोप भौतिक मन्त्रालयलाई आउँछ।” काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले आफूहरु मन्त्रालयसँग समन्वय गरेर काम गर्न तयार रहेको बताए।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गर्न आवश्यक रहेको औँल्याए।

कार्यक्रममा सहभागीले उपप्रधानमन्त्री श्रेष्ठले साझा संयन्त्र, काममा समन्वय र गुणात्मक विकासको अवधारणालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताए।

सो बैठकले सडक निर्माणमा रहेका समस्याको पहिचान गरेर कामलाई गति दिइने र हरेक महिनाको १५ गते पछिको शुक्रबार २ बजे बैठक बस्ने पनि सहमति गरेको छ।

बैठकमा काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रमुखहरु, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, काठमाडौँ उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनासहित सडक निर्माणसँग सम्बन्धित निकाय वा आयोजनाका दुई दर्जनभन्दा बढी प्रतिनिधिको उपस्थिति थियो।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ७ : २६ बजे

लोकतन्त्रको विकल्प हुन सक्दैन : गृहमन्त्री 

दोधारा चाँदनी – गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प कुनै व्यवस्था

जहाज दुर्घटना प्रकरण : किर्ते गरेको भन्दै सौर्य व्यवस्थापनविरुद्ध प्रधानमन्त्रीकहाँ उजुरी

काठमाडौं- जहाज दुर्घटनामा ज्यान गुमाएकी छोरीको हस्ताक्षर किर्ते गरे‍को भन्दै

घरजग्गा क्षेत्रमा बैंकको ऋण प्रवाह बढ्दो, कारोबार भने घट्दो

काठमाडौं – नेपालका बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा ऋण

रुस-युक्रेन युद्ध बढ्ने संकेत, छिमेकी देशले जारी गरे चेतावनी

काठमाडौं– रुस र युक्रेनबीच तनाव बढेपछि तीन छिमेकी देशले युद्धको

जसपा नेपालका अध्यक्ष यादव र रसियन नेताहरूबीच भेटवार्ता

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियन