एमाले अधिवेशन : महोत्तरी जिल्लाको १५ चैतमा, मधेस प्रदेशको कहिले?   | Khabarhub Khabarhub

एमाले अधिवेशन : महोत्तरी जिल्लाको १५ चैतमा, मधेस प्रदेशको कहिले?  


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा एमाले मधेस प्रदेशले प्रदेश र महोत्तरी जिल्ला अधिवेशनको गृहकार्य सुरु गरेको छ। आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन चैत मसान्तभित्र टुंग्याउने प्रदेश सचिवालयले जनाएको छ।

निर्वाचनपछि विवादित जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारीसँगै पुनः अधिवेशनको चर्चाले एमालेभित्र रस्साकस्सी सुरु भएको हो। लामो विवादका कारण अरु सबै जिल्लामा अधिवेशन सकिसक्दा पनि महोत्तरी जिल्ला र मधेस प्रदेशमा अधिवेशन हुन सकेको छैन।

मधेस प्रदेशबाट १५ चैतभित्र महोत्तरीको अधिवेशन सक्न निर्देशन दिने निर्णय भएको प्रदेश सचिवालय सदस्य सोमप्रसाद शर्माले जानकारी दिए। त्यस्तै, प्रदेशको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्ने गरी एमालेले गृहकार्य सुरु गरेको छ। ‘पहिले जस्तो विवाद नभएकाले निर्धारित समयमै अधिवेशन सम्पन्न हुनेमा हामी विश्वस्त छौं,’ सचिवालय सदस्य शर्माले भने।

बुधबार बर्दिबासमा भएको एमाले मधेस प्रदेश सचिवालयको बैठकले विभिन्न चार विषयलाई प्राथमिकतामा राखेको छ। महोत्तरीको अधिवेशन १५ चैतमा र प्रदेशको अधिवेशन मसान्तसम्म सकाउने, १० माघसम्म सबै जिल्लाको पूर्ण बैठक सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ।

आसन्न स्ववियु निर्वाचनको लागि पनि एमालेले आफ्ना विद्यार्थी संगठनलाई सक्रिय बनाउने भएको छ। विद्यार्थी संगठनहरुलाई गतिशील बनाई मधेस प्रदेशका क्याम्पसमा हुने स्ववियू निर्वाचनका लागि गहन गृहकार्य गर्ने निर्णय भएको प्रदेश सचिवालयले जनाएको छ।

मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठको अध्यक्षतामा भएको बैठकले मधेस प्रदेशको सरकारको विषयमा समेत छलफल गरेको छ। यसअघि सभामुख र भौतिक पूर्वाधार मन्त्रालय पाइसकेको एमालेले थप सामाजिक विकास मन्त्रालय र वन मन्त्रालय दाबी गर्दै आएको छ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १० : ५५ बजे

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैन : मन्त्री घिसिङ

काठमाडाैं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको

चीनको चियुवानमा पहिलो ‘महान् संस्कृति तथा कला सप्ताह’ सुरू

चियुवान, चीन – चीनको चियुवान शहरमा पहिलो पटक आयोजना गरिएको

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप

लिमा– पेरुको राजधानी लिमा शहरमा शनिबार सरकारविरोधी प्रदर्शनमा सहभागी सयौँ

जेन-जी प्रदर्शनमा दार्चुलाका आठवटा कार्यालयमा क्षति

नौगाड– दार्चुलामा ‘जेन-जी’ द्वारा गरिएको प्रदर्शनका क्रममा क्रममा आठ वटा कार्यालयमा