सभामुखको निर्वाचनअघि कांग्रेस नेता पौडेलले भेटे प्रधानमन्त्री प्रचण्डलाई | Khabarhub Khabarhub

सभामुखको निर्वाचनअघि कांग्रेस नेता पौडेलले भेटे प्रधानमन्त्री प्रचण्डलाई


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुखको निर्वाचनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको पौडेलको सचिवालय स्रोतले दिएको जानकारी दिएको छ । प्रतिनिधिसभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो। सभामुख निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने कांग्रेसको अपेक्षा थियो । तर माओवादीको समर्थनमा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार उठाएपछि कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

बुधबार कांग्रेसको पदाधिकारी बैठक चलिरहेका बेला प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सभामुखको उम्मेदवारी दिँदा छलफल गर्ने बताएका थिए । तर प्रचण्डले फोन नगरेपछि कांग्रेसले आफ्नै उम्मेदवार उठाएको हो ।

बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकले सभामुखका दुई उम्मेदवार घिमिरे र न्यौपानेमध्ये एकलाई सभामुख निर्वाचित गर्दैछ । गत २६ पुसमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। कांग्रेसले राष्ट्रपति पद आफूले लिनका लागि कुराकानी गर्दै आएको छ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ११ : ४१ बजे

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैन : मन्त्री घिसिङ

काठमाडाैं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको

चीनको चियुवानमा पहिलो ‘महान् संस्कृति तथा कला सप्ताह’ सुरू

चियुवान, चीन – चीनको चियुवान शहरमा पहिलो पटक आयोजना गरिएको

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप

लिमा– पेरुको राजधानी लिमा शहरमा शनिबार सरकारविरोधी प्रदर्शनमा सहभागी सयौँ

जेन-जी प्रदर्शनमा दार्चुलाका आठवटा कार्यालयमा क्षति

नौगाड– दार्चुलामा ‘जेन-जी’ द्वारा गरिएको प्रदर्शनका क्रममा क्रममा आठ वटा कार्यालयमा