ट्रस टर्मिनल भवन नहुँदा मुगु विमानस्थलमा समस्या | Khabarhub Khabarhub

ट्रस टर्मिनल भवन नहुँदा मुगु विमानस्थलमा समस्या


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – हवाइ सेवाको मेरूदण्डको रुपमा रहेको ट्रस टर्मिनल भवन ताल्चा मुगुमा निर्माण नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण हुनुपर्ने भए पनि हालसम्म निर्माण सुरु हुन नसकेको सरोकारवाला बताउँछन्।

ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनले समयमै काम नगर्दा ट्रस टर्मिनल भवन अलपत्र परेको हो। २०६० सालदेखि काठको टहरा र कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको रारा विमानस्थलमा २०७२ सालमा ५ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्गमा कालोपत्रे गरे पनि मुख्य संवेदनशील टावर र टर्मिनल भवन नबन्दा समस्या भएको छ।

ओमबुद्धले आधुनिक ट्रस टर्मिनल भवन निर्माण गर्न २०७६ असोज १६ मा ३० महिनाभित्र आठ करोड ६५ लाख नौं हजार ९९४ रुपैयाँको लागतमा काम सम्पन्न गर्छु भन्दै ठेक्का लिएको थियो। नागरिक उड्डयन प्राधिकरण एरोड्म इन्जिनियरिङ विभागका इन्जिनियर महेश नेपालीले दिएको जानकारीअनुसार आयोजनाको ६० प्रतिशत मात्र काम भएको छ।

रारा नागरिक उड्यन कार्यालय ताल्चाका प्रमुख रामोन भट्टराईले ताल्चामा अहिले पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर सेवा प्रवाह गरिरहनु परेको बताए। सामान्य हावाहुरी तथा अन्य कारणले सेवा प्रवाहमा दैनिक समस्या बनाएको उनले बताए।

ओमबुद्ध इन्टरनेश्नल कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्का भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम ढिला भएको बताए।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १२ : ५७ बजे

रुस-युक्रेन युद्ध बढ्ने संकेत, छिमेकी देशले जारी गरे चेतावनी

काठमाडौं– रुस र युक्रेनबीच तनाव बढेपछि तीन छिमेकी देशले युद्धको

जसपा नेपालका अध्यक्ष यादव र रसियन नेताहरूबीच भेटवार्ता

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियन

नेपालले भारतलाई चार महिनामा बेच्यो पौने १३ अर्बको बिजुली

काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा

कमल थापाको सुझाव- प्रधानमन्त्रीले कांग्रेसलाई मनाएर बीआरआई अघि बढाउनु पर्छ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी

विकासमा राजनीति नगरौँ : गृहमन्त्री लेखक

महेन्द्रनगर – गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका