रूपन्देही जिल्ला प्रशासन कार्यालयमा ‘टाईम कार्ड’ लागू  « Khabarhub

रूपन्देही जिल्ला प्रशासन कार्यालयमा ‘टाईम कार्ड’ लागू 


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देही जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्ना चार वटा सेवामा ‘टाईम कार्ड’ लागू गरेको छ । सेवालाई  सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्यौल हटाउन उक्त कार्ड लागू गरिएको हो । सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई-पासपोर्टमा उक्त कार्ड लागू गरिएको छ । 

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने तयारी गरिएको उनले बताए। ‘यसअघि पनि बडापत्रमा लेखिएअनुसार सोही दिन नै सेवा दिइरहेका थियौँ, तर यसले कति घण्टा प्रतीक्षा गर्नुपर्ने भन्ने सेवाग्राहीमा अन्यौल थियो ।’ सूचना अधिकारी अर्यालले भने ‘टाईम कार्ड लागू भएपछि सेवाग्राहीले एउटा निश्चित समय पाउँछ र सो समयसम्म उसले अन्य काम पनि भ्याउन सक्छ ।’

उनका अनुसार कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय सहितको एउटा टोकन वितरण गरिन्छ । टोकनमा सेवाग्राहीले सेवा पाउने समय र कोठा नम्बर उल्लेख हुन्छ । नयाँ नागरिकताको हकमा प्रमाण पुर्‍याएर १२ बजेभित्र पेस गर्ने निवेदकलाई १ बजे भित्र र दिउँसो १२ बजेदेखि ३ बजेसम्म पेस गर्ने निवेदकलाई ४ बजेभित्र नागरिकता प्रदान गरिन्छ ।

नागरिकताको प्रतिलिपिको हकमा प्रमाण पुर्‍याएर पेस भएका निवेदकलाई अभिलेख भिडेको एक घण्टाभित्र प्रतिलिपि दिइने छ । यस्तै अनलाइन फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि आएका निवेदकले पनि एक घण्टाभित्रै सेवा पाउने सूचना अधिकारी अर्यालको भनाइ थियो । ई-पासपोर्टको लागि आउने सेवाग्राहीले प्रि-ईनरोलमेन्टको फारम भरेर आए तोकिएकै दिन र समयमै ईनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई-पासपोर्ट टोकन प्रणालीअनुसार सोही दिन समय तोकेर वितरण हुनेछ ।

जिल्लाको सुशासन अभिवृद्धि, विकास र समृद्धिका कार्यालय लागि परेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए। ‘यसका लागि प्रमाण पुर्‍याई सेवा लिन पेस भएका निवेदनमा  सेवा सोही दिनमै सेवा दिने गरिएको छ ।’ उनले भने, ‘यसलाई अझै सहज बनाउन आजदेखि टाईमकार्ड लागू गरेका हौँ, यसले सेवाग्राहीमा समयको सुनिश्चितताको साथै सेवा प्रतिको विश्वसनियता बढ्ने अपेक्षा राखेका छौँ ।’

प्रजिअ पाण्डेले सेवाग्राहीका लागि टाइमकार्ड लागू गरे पनि गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई भने टाईम कार्ड नचाहिने बताए। उनले यस्ता सेवाग्राहीको हकमा सोझै फाँटमा तोकिएको कर्मचारीलाई भेटेर सेवा लिन सकिने स्पष्ट पारे । उक्त कार्यालयमा दैनिक एक सय बढी नयाँ नागरिकता, ८० भन्दा बढी प्रतिलिपि, दुई सय जना भन्दाबढीको राष्ट्रिय परिचय पत्र बन्ने गरेको र दुई सय ५० भन्दाबढी ई-पासपोर्ट बन्ने गरेको छ  ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १ : ०९ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा