‘सभामुखले कुनै दलमा आबद्ध नहुने घोषणा गर्नुपर्छ’ « Khabarhub

‘सभामुखले कुनै दलमा आबद्ध नहुने घोषणा गर्नुपर्छ’


५ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अब निर्वाचित हुने सभामुखले सभामुख बनिसकेपछि कुनै पनि पार्टीमा आबद्धता नरहेको र यसपछिका दिनमा पनि कुनै पार्टीमा नरहने घोषणा गर्नुपर्ने बताएका छन् ।

कुनै एक पार्टीबाट सभामुख बन्दा त्यस पार्टीप्रतिको जिम्मेवारी पार्टी सदस्यताले सभामुखलाई निष्पक्ष नबनाउने उनको भनाइ छ । 

सभामुख चयनका क्रममा उनले सत्तापक्षबाट सभामुखका उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्दै अहिलेको संसद्मा मजबुत प्रतिपक्ष नरहेको संसद् जस्तो नरहेको बताए । उनले सरकार र प्रतिपक्ष एकै भएकाले यो सरकार निरंकुश बन्ने हो की भन्ने शंका लागेको बताए । 

अहिले बाँडीचुँडी खाँदा लोकतन्त्र र यो व्यवस्था नै समाप्त हुने सम्भावना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  २ : ४१ बजे

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

राँझा– निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको

एभ्री बाउन्ड्री काउन्ट्स : एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

काठमाडौं– इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

काराकास– भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको