फाइल फोटो

आर्थिक

सेयर बजार नेप्सेमा सामान्य वृद्धि

By खबरहब

January 19, 2023

काठमाडौं– सेयर बजारमा बिहीबार सामान्य वृद्धि भएको छ । नेप्से परिसूचकमा ५.७१ अंकले वृद्धि भई २१७८.८१ विन्दुमा रोकिएको छ । साथै, बुधबार २४६ कम्पनीको कारोबार भएको नेप्सेले जनाएको छ । आज ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । 

यस्तै, आज एनआइसिएसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको १८ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा रिडी पावर कम्पनीको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । आदर्श लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ ।  कुल ८५ कम्पनीको मूल्य उकालो लागेको छ भने १०८ कम्पनीमा ओरालो लागेको छ, १४ कम्पनी भने स्थिर रहेको छ । 

आज १३ उपसुचकमध्ये ७ कम्पनीमा ओरालो लागेको छ ।  बाँकी ६ कम्पनीमा भने सामान्य वृद्धि भएको छ ।