झापाको १५ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा आलु खेती « Khabarhub

झापाको १५ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा आलु खेती


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । गतवर्ष जिल्लामा १५ हजार सात सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यसवर्ष १५ हजार नौ सय ८५ हेक्टरमा सो खेती गरिएको छ । 

गतवर्ष जिल्लामा दुई लाख ५७ हजार दुई सय २४ टन आलु उत्पादन भएको थियो । जिल्लामा कार्डिनल, जनकदेव, कुफ्रीलगायत जातका आलुखेती बढी हुने गरेको उनको भनाइ छ । क्षेत्रफलसँगै यसवर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ । जिल्लाका स्थानीय तहले आलु खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलु खेती विस्तार हुँदै गएको हो । 

जिल्लाको बुद्धशान्ति , कमल , गौरीगञ्ज गाउँपालिका सहित अर्जुनधारा र बिर्तामोड नगरपालिकालगायतका पालिकाले आलु खेतीका लागि प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेका छन् । बिर्तामोडले विगत तीन वर्षयता आलु खेतीलाई प्रवर्द्धन गर्दै आएको छ । किसानलाई आलुको बीउ, आवश्यक औषधि, परामर्श प्रदान गरिँदै आएको बिर्तामोड नगरपालिकाका कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाले बताए ।

नगरपालिका र किसानको आधा-आधा लागत सहभागितामा यसवर्ष ३८ टन आलुको बीउ वितरण गरिएको प्रमुख कडरियाले जानकारी दिनुभयो । प्रतिकठ्ठा ३० केजीका दरले ३३ वटा समूहलाई आलुको बीउ वितरण गरिएको उनले बताए। बिर्तामोड-६, ७, ८, ९, १० र २ नम्बर वडाका किसानलाई आलुको बीउसँगै दुई पटक रोप्ने बेलामा र उम्रिसकेपछि आवश्यक औषधिसमेत प्रदान गरिएको छ । 

किसानलाई लालगुलाब, कार्डिनल र एमएस जातका आलुको बीउ वितरण गरिएको छ । आलु खेती प्रवर्द्धन गरिएको पहिलो वर्ष प्रतिकठ्ठा १३-१४ मन, दोस्रो वर्ष ८-९ आलु उत्पादन नभएको थियो । यसवर्ष मौसम राम्रो हुनुका साथै रोगकीरा नदेखिएकाले १०-१२ मन प्रतिकठ्ठा आलु उत्पादन हुने आँकलन गरिएको कृषि शाखा प्रमुख कडरियाले बताए।

जिल्लामा आलु प्रबर्द्धन कार्यक्रम सञ्चालन भइरहे पनि आलु आयात बढेको छ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको हालसम्म एक करोड ३४ लाख ५५ हजार चार सय ५५ केजी आलु आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना प्रविधि शाखाका कर्मचारी अरुण शाहले जानकारी दिए । काँकरभिट्टा नाकाबाट गतवर्ष एक करोड २१ लाख ६४ हजार २२ केजी आलु आयात भएको थियो । गत वर्षको तुलनामा १२ लाख ९१ हजार चार सय ३३ केजी आलु बढी आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानबाट आलु आयात हुने गरेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी आलु आयत हुने गरेको छ । स्थानीय उत्पादनले नपुग्ने र पहाडमा पनि मौसमी रुपमा आलु खेती हुने गरेको आलुको आयत बढेको  केन्द्रका प्रमुख विष्टको भनाई छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ५ : १० बजे

ट्रम्पले चेतावनी दिँदै नेतन्याहूलाई भने : सावधानी अपनाऊ, नत्र विश्व जगतमा एक्लै पर्छौ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध

भूपू गोर्खाको समस्या समाधानमा परराष्ट्र मन्त्रीको अग्रसरता, बेलायतका दुई मन्त्रीसँग संवाद

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका लामो समयदेखि

मैदानमै ढलेका एरिक्सन अस्पतालबाट घर फर्किएपछि भने, ‘मेरो स्वास्थ्य सुधार हुँदैछ’

कोपनहेगन- डेनमार्कका स्टार फुटबलर क्रिस्चियन एरिक्सन मैत्रीपूर्ण फुटबलका क्रममा मैदानमा

चक्रपथका आकासे पुल एक दशक पुग्न लाग्दा पनि अधुरै (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ चक्रपथअन्तर्गत बल्खु, सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे

सम्भावित चोटको जोखिमबाट जोगाउँदै मेस्सीलाई मैदानमा उतारिने

अलाबामा- अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले २०२६ विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण