झापाको १५ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा आलु खेती « Khabarhub

झापाको १५ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा आलु खेती


५ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । गतवर्ष जिल्लामा १५ हजार सात सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यसवर्ष १५ हजार नौ सय ८५ हेक्टरमा सो खेती गरिएको छ । 

गतवर्ष जिल्लामा दुई लाख ५७ हजार दुई सय २४ टन आलु उत्पादन भएको थियो । जिल्लामा कार्डिनल, जनकदेव, कुफ्रीलगायत जातका आलुखेती बढी हुने गरेको उनको भनाइ छ । क्षेत्रफलसँगै यसवर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ । जिल्लाका स्थानीय तहले आलु खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलु खेती विस्तार हुँदै गएको हो । 

जिल्लाको बुद्धशान्ति , कमल , गौरीगञ्ज गाउँपालिका सहित अर्जुनधारा र बिर्तामोड नगरपालिकालगायतका पालिकाले आलु खेतीका लागि प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेका छन् । बिर्तामोडले विगत तीन वर्षयता आलु खेतीलाई प्रवर्द्धन गर्दै आएको छ । किसानलाई आलुको बीउ, आवश्यक औषधि, परामर्श प्रदान गरिँदै आएको बिर्तामोड नगरपालिकाका कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाले बताए ।

नगरपालिका र किसानको आधा-आधा लागत सहभागितामा यसवर्ष ३८ टन आलुको बीउ वितरण गरिएको प्रमुख कडरियाले जानकारी दिनुभयो । प्रतिकठ्ठा ३० केजीका दरले ३३ वटा समूहलाई आलुको बीउ वितरण गरिएको उनले बताए। बिर्तामोड-६, ७, ८, ९, १० र २ नम्बर वडाका किसानलाई आलुको बीउसँगै दुई पटक रोप्ने बेलामा र उम्रिसकेपछि आवश्यक औषधिसमेत प्रदान गरिएको छ । 

किसानलाई लालगुलाब, कार्डिनल र एमएस जातका आलुको बीउ वितरण गरिएको छ । आलु खेती प्रवर्द्धन गरिएको पहिलो वर्ष प्रतिकठ्ठा १३-१४ मन, दोस्रो वर्ष ८-९ आलु उत्पादन नभएको थियो । यसवर्ष मौसम राम्रो हुनुका साथै रोगकीरा नदेखिएकाले १०-१२ मन प्रतिकठ्ठा आलु उत्पादन हुने आँकलन गरिएको कृषि शाखा प्रमुख कडरियाले बताए।

जिल्लामा आलु प्रबर्द्धन कार्यक्रम सञ्चालन भइरहे पनि आलु आयात बढेको छ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको हालसम्म एक करोड ३४ लाख ५५ हजार चार सय ५५ केजी आलु आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना प्रविधि शाखाका कर्मचारी अरुण शाहले जानकारी दिए । काँकरभिट्टा नाकाबाट गतवर्ष एक करोड २१ लाख ६४ हजार २२ केजी आलु आयात भएको थियो । गत वर्षको तुलनामा १२ लाख ९१ हजार चार सय ३३ केजी आलु बढी आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानबाट आलु आयात हुने गरेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी आलु आयत हुने गरेको छ । स्थानीय उत्पादनले नपुग्ने र पहाडमा पनि मौसमी रुपमा आलु खेती हुने गरेको आलुको आयत बढेको  केन्द्रका प्रमुख विष्टको भनाई छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ५ : १० बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि