फुटबल प्रतियोगिता चलिरहेको मैदानमा हेलिकप्टर अवतरण | Khabarhub Khabarhub

फुटबल प्रतियोगिता चलिरहेको मैदानमा हेलिकप्टर अवतरण


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्याङजाको वालिङमा फुटबल प्रतियोगिता चलिरहेको मैदानमा हेलिकप्टर अवतरण गरिएको छ । वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चलिरहेको बेला मैदानमै हेलिकप्टर अवतरण भएपछि झडप भएको थियो ।

प्रभु कम्पनीको हेलिकप्टर खेल मैदानमा अवतरण भएसँगै आक्रोशित भएका स्थानीय, आयोजक र दर्शकले पाइलट र हेलिकप्टरका यात्रुलाई हातपात गरेका छन् । पोखराबाट चार्टर गरेर लगिएको हेलिकोप्टर ल्यान्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। 

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकोप्टर चार्टर गरेर वालिङ लगेका थिए।हेलिकोप्टर ल्यान्ड गर्दा मैदानका खेलाडीहरू भागेकाले दुर्घटना हुनबाट भने जोगिएको छ। पाइलट डङ्गोलले भने यात्रुले दबाब दिएर बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको बताएका छन्।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ५ : २३ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका