गलत काम गर्ने कसैले उन्मुक्ति पाउँदैन : गृहमन्त्री लामिछाने « Khabarhub

गलत काम गर्ने कसैले उन्मुक्ति पाउँदैन : गृहमन्त्री लामिछाने


५ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अभियुक्तलाई समात्न सकेनन् भन्ने आरोप लागिरहेको र आफूले देखेको पनि सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए । उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने दाबी गरे ।

उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । मैले भनिसकेको छु, राज्यका निकायहरूलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानुहोला, नतिजा आउने छ । गलत काम गरेका मानिसहरू कोही पनि बाँकी रहँदैन । केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’

म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाएको भन्ने आरोप लगाइएको छ भन्ने प्रश्नमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन पनि आग्रह गरे ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ६ : ४६ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर