प्रदेशका मन्त्रीको कार्यविभाजन सोमबार : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

प्रदेशका मन्त्रीको कार्यविभाजन सोमबार : मुख्यमन्त्री कार्की


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताएका छन् । मुख्यमन्त्री कार्कीले आज सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयमा आयोजित भेटघाटमा हाल बिनाविभागीय रहेका मन्त्रीले सोमबारदेखि आफ्नो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने जानकारी दिए।

उनले भने, ‘बिनाविभागीय मन्त्रीका रूपमा रहेका सबै मन्त्रीले सोमबारबाट सम्बन्धित मन्त्रालयबाट कार्य सुरु गर्ने छन् ।’ मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठकले हाल कायम रहेको मन्त्रालयको सङ्ख्या घटाउने निर्णयानुसार अहिले मन्त्रालयको नामलाई अन्तिम रूप दिने काम भइरहेको बताए ।

उनले मन्त्रालय घटे पनि पनि चालु आर्थिक वर्षको मन्त्रालयगत बजेटमा कुनै समस्या नहुने विचार व्यक्त गरे । मुख्यमन्त्री कार्कीले सबै मन्त्रालयको जिम्मेवारी लिएका छन् भने सात जना मन्त्री बिनाविभागीय छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हाल १३ मन्त्रालय रहेका छन् । 

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ७ : ३३ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन