गल्फ फुटबलको फाइनल खेलअघि भागदौड, दुई इराकीको मृत्यु | Khabarhub Khabarhub

गल्फ फुटबलको फाइनल खेलअघि भागदौड, दुई इराकीको मृत्यु


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

बग्दाद – इराक र ओमानबीच जारी फुटबलको २५औं अरेबियन गल्फ कप फाइनल खेल आयोजना गर्न लागेको बसरा रङ्गशालाको गेटमा बिहीबार भागदौड हुँदा दुई इराकी फुटबल दर्शकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

“खेल सुरु हुनुभन्दा केही घण्टाअघि ठूलो सङ्ख्यामा फुटबल समर्थक रङ्गशालामा पुगेका थिए र गेटमा भागदौड मच्चिँदा दुई जनाकोे मृत्यु हुनुका साथै ६५ भन्दा बढी घाइते भएका थिए,” बसरा अपरेशन कमाण्डका एक इराकी कर्णेलले नाम नबताउने शर्तमा भने ।

रङ्गशालाको अधिकतम क्षमता ६५ हजारभन्दा बढी दर्शक खेल हेर्नका लागि भेला भएपछि सुरक्षा निकायले दर्शकलाई रङ्गशालाभित्र छिर्न रोक्ने प्रयास गरिरहेको समय भागदौड मच्चिएको स्रोतले जनाएको छ ।

यसैबीच, इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानी बसरा पुग्नुभएको छ र प्रान्तीय गभर्नर र अन्य वरिष्ठ अधिकारीहरूसँग २५ औं अरेबियन गल्फ कपको फाइनल खेलको तयारीको निरीक्षण गर्न तत्काल बैठक गर्नुभएकबो छ ।

यसैगरी, जनवरी १६ मा २५ औं अरेबियन गल्फ कपको सेमिफाइनलमा कतारविरुद्ध इराकी राष्ट्रिय टोलीको खेल हेर्न जाँदै गरेका धी कार र बसरा प्रान्तबीचको राजमार्गमा बाक्लो हुस्सुका कारण इराकी फुटबल समर्थक बोकेको बस ट्रकसँग ठोक्किँदा छ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । २५ औं अरेबियन गल्फ कप जनवरी ६ देखि बसरामा सुरु भई जनवरी १९ मा टुङ्गिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ९ : ३३ बजे

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो

भोजपुर क्याम्पसलाई ‘स्मार्ट बोर्ड’ हस्तान्तरण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा ‘स्मार्ट बोर्ड’