भूमि व्यवस्था मन्त्रालयका सचिवद्वारा मालपोत कार्यालयकाे आकस्मिक निरीक्षण | Khabarhub Khabarhub

भूमि व्यवस्था मन्त्रालयका सचिवद्वारा मालपोत कार्यालयकाे आकस्मिक निरीक्षण


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मन्त्रालय र मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त र गुनासोरहित बनाउने प्रयासलाई कडाइका साथ कार्यान्वयन गरिने बताएका छन् ।

नापी र मालपोत कार्यालय ललितपुरको आज आकस्मिक निरीक्षण गर्दै उनले सेवाग्राहीले व्यक्त गरेका गुनासो हटाउन तथा सदाचारितासहितको प्रभावकारी सेवा प्रवाह मिलाउन निर्देशन दिए । सचिव रेग्मीको नेतृत्वमा मन्त्रालयका सहसचिव निराजन घिमिरे, नापी विभागका महानिर्देशक जनकराज जोशी र भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतीसहितको निरीक्षण टोलीले कार्यालयको सेवा प्रवाहको स्थिति, अभिलेख व्यवस्थापनको अवस्था, हेल्प डेस्कको अवस्था र सेवाग्राही मैत्री कार्य वातावरण भए नभएको जानकारी लिएको थियो ।

उक्त टोलीले दुवै कार्यालयमा सेवाग्राहीसँग गरेको अन्तरक्रियामा सेवाग्राहीहरूले मालपोत र नापी कार्यालयले समन्वयात्मकरूपमा काम गर्नुपर्ने भन्दै बिचौलियाको कारणले अतिरिक्त रकम बुझाउनुपरेको गुनासो गरेका थिए । सेवाग्राहीले कार्यालयको सरसफाइमा ध्यान दिन सुझाव दिए ।

त्यसअवसरमा टोलीले नापीतर्फ हाल साविकको प्रक्रियालाई झन्झटमुक्त बनाउन र मालपोत कार्यालयले अनलाइन प्रणालीबाट सेवाग्राहीले विना झन्झट अतिरिक्त शुल्क नतिरी सेवा पाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

यसैबीच सचिव रेग्मीले बचतकर्ताको बचत फिर्ता नगर्ने सहकारीको पहिचान गरी तत्काल बचत फिर्ता गराउने व्यवस्था मिलाउन सहकारी विभाग राष्ट्रिय सहकारी महासङ्घ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका पदाधिकारीलाई निर्देशन दिए । उनले सहकारी सङ्घ संस्थालाई सम्पत्ति शुद्धीकरण मुक्त क्षेत्र बनाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ९ : ५८ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका