सबै जातजाति समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल | Khabarhub Khabarhub

सबै जातजाति समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति समुदायका मौलिक चाड पर्व तथा संस्कृतिले अन्तर्राष्ट्रिय तहमा नेपालीको प्रतिष्ठा बढाएको बताएका छन्।

नेपाल तामाङ सङ्घ (समाजवादी) द्वारा २८५९औँ सोनाम ल्होछारको पूर्वसन्ध्यामा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक र बहुसंस्कृति भएको राष्ट्रमा परम्परागत रुपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले यसले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्ने बताउँदै सोनाम ल्होछारका सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । राष्ट्रको विकास र समृद्धिका लागि विभेदमा परेका वर्ग, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई समावेशी ढङ्गबाट राज्यको मूलधारमा ल्याउन संविधानमा उनीहरुको प्रतिनिधित्व सुनिश्चित गरिएको बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १० : २८ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका