महिला शिक्षा जागरणका अभियन्ता | Khabarhub Khabarhub

महिला शिक्षा जागरणका अभियन्ता


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

‘उसको बच्चा रोइ रहेको हुनसक्छ, उनीहरूले उसलाई मिस गरिरहेका छन्,’इस्माइल मसालका परिवारका एक सदस्यले भने। महिला शिक्षाका बारे वकालत गरिरहेका प्राध्यापक मासाललाई २ फेब्रुअरीका दिन तालीवान सरकारले गिरफ्तार गरेको थियो। त्यसको १० दिनसम्म उनको परिवारलाई यसको बारे कुनै जानकारी दिइएको थिएन। ‘गिरफ्तार गरिएदेखि उनीसँग कुनै सम्पर्क नै थिएन’, उनका नातेदारले भने।

नातेदारका अनुसार उनीहरूले प्रशासनको ढोका ढकढक्याउन कुनै कसर बाँकी राखेका थिएनन्। काबुलमा निःशुल्क पुस्तक वितरण गरिरहेको अवस्थामा मसाललाई गिरफ्तार गरिएको हो।

उच्च शिक्षा मन्त्रालय अगाडिबाट नै उनलाई गिरफ्तार गरिएको हो। घरमै बनाइएका एउटा दराजमा पुस्तक राखेर उनले वितरण संकलन गरिहेका थिए। त्यहाँ भित्तामा एउटा ब्यानर थियो। त्यसै ब्यानरमा लेखिएको थियो,’इस्लामले महिला र पुरुषलाई बराबर अधिकार दिएको छ।’

प्रत्यक्षदर्शीका अनुसार उनलाई गिरफ्तार गर्ने तालीवानले धकेल्ने, लात्ती हान्ने र मुक्का बर्साउने काम गरेका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र त्यससँग सम्बन्धी निकाय मसालाको गिरफ्तारीको विषयमा तालीवान प्रशासनको हरेक निकायसम्म बुझ्न खोज्दा कसैले पनि जिम्मेवारीपूर्ण जवाफ दिएनन्।

महिला शिक्षाको जागरणका लागि प्रेरणा दिने अन्य कोही नभएर उनकै छोरी थिइन्। उनले अबका १८ वर्ष काम गर्ने आधार बनेका ती प्रमाणपत्र पनि काम नलाग्ने भएको ठहर गरी सकेका थिए।

मसाला गिरफ्तारीको विषयमा तालिवान सरकारले उनी सरकार विरोधी गतिविधिमा संलग्न भएको दाबी गर्दै हिरासतमा सही व्यवहार गरिएको बताएको थियो। मसाला तीन वटा विश्वविद्यालयमा अध्यापन गराउने। साथै उनले निजी प्रतिष्ठान पनि सञ्चालन गरेका थिए। त्यस प्रतिष्ठानमा कम्प्युटर साइन्स, अर्थशास्त्र र पत्रकारिता विषयमा स्नातक तहसम्मका पढाइ हुने गरेको थियो। यी सबै विषय महिलालाई पढाउन नहुने कुराको जिकिर तालिवान सरकारको छ।

सरकारी अधिकारीहरू यो सबै काम इस्लाम विरोधी भन्दै उनी प्रति अझ धेरै आक्रामक भएको छ। मसालाको प्रतिष्ठानमा ४ सय ५० जना विद्यार्थी थिए। त्यस मध्येका धेरै जना महिला नै थिए।

तालिवानले महिलालाई शिक्षा दिन बञ्चित गरे पछि केही महिना अगाडि मात्र उनले यसलाई बन्द गरेका थिए। किनकी उनी परुषका लागि मात्र शिक्षालय चलाउन चाहँदैन थिए। त्यस पछि उनले राजीनामा दिएर टोलो टेलिभिजनमा लाइभ गर्दै आफ्नो धारणा राखेका थिए।

‘मेरो छोरीले बारम्बार एउटै प्रश्न गरिन् की तपाइ मास्टर डिग्री हुनु हुन्छ। म सात कक्षामा पढ्न किन नपाउने ? मसँग यसको जवाफ नै थिएन।’ इस्माइलले एक अन्तरवार्तामा जनवरी महिनामा नै भनेका थिए।

मसाला गिरफ्तारीको विषयमा तालीवान सरकारले उनी सरकार विरोधी गतिविधिमा संलग्न भएको दाबी गर्दै हिरासतमा सही व्यवहार गरिएको बताएको थियो। 

‘मलाई छोरीका अगाडि यी सबै प्रमाणपत्र देखाउन नै लाज लागिरहेको थियो,’ उनले भने। महिला शिक्षाको जागरणका लागि प्रेरणा दिने अन्य कोही नभएर उनकै छोरी थिइन्। उनले अबका १८ वर्ष काम गर्ने आधार बनेका ती प्रमाणपत्र पनि काम नलाग्ने भएको ठहर गरी सकेका थिए।

मार्चको नयाँ सत्रदेखि तालिवान सरकारले महिलालाई शिक्षा दिने व्यवस्था नगरे उनी की छोरीहरूलाई लिएर विश्वविद्यालय या स्कुलमा जाने या सडकमा धर्ना दिए बस्ने तयारीमा लागि सकेका थिए। उनले विरोध नै नगरे पनि विश्वविद्यालयको बाहिर गएर अफगानी महिला बस्ने अपेक्षा गरेका थिए। एक जना महिला विद्यार्थीले त मसाला जस्तो शिक्षक पाउनु नै गर्वको विषय भएको बताएकी थिइन्।

‘उनी जसरी कोही पनि लड्न सक्दैन। उ नायक नै हो। उनी हाम्रो अधिकारका लागि लडी रहेका छन्,’, नाम नबताउने सर्तमा एक विद्यार्थीले भनेकी छिन्। ती विद्यार्थीले बताए अनुसार प्रतिबन्धको एक या दुई सातासम्म पनि उनले महिलालाई शिक्षा दिई रहेका थिए। त्यस पछि चौतर्फी दबाब आए पछि उनले यसलाई थेग्न सकेनन्। प्रमाणपत्र च्याते पछि उनलाई झन् ठुलो चेतावनी आएको थियो।

आफ्नो ज्यान खतरामा परेको खबर पाएपछि उनले घर छाडेका थिए। सरकारले आफूमाथि आक्रमण गर्दा त्यसको असर घरका अन्य सदस्यलाई नपरोस् भन्ने चाहनाका साथ उनले घर छाडेका थिए। घर छाड्ने समयमा उनले आमा र श्रीमतीलाई चुम्बन गर्दै भगवानले न्यायका निम्ति लड्न यस धर्तीमा पठाएको भन्दै त्यसका लागि हिँडेको बताएका थिए। उनी अफगानिस्तानमा २ करोड महिला तथा बालबालिकाको पक्षमा उभिएको बताएका छन्।

उनका नजिकका साथीले दिएको जानकारी अनुसार पछिल्ला दशकका पुस्तकहरू उनले बाँडेका थिए। त्यहाँ २१ हजार पुस्तक थिए। तालिवान सरकारले उनले सरकार विरोधी गतिविधि गरेको आरोप लगाए पछि धेरै जनालाई यसले सरकारको विरुद्धमा थप रुष्ट बनाएका थिए।

इन्टरनेटमा पहुँच नभएका तथा पुस्तक किन्ने क्षमता पनि नभएकाहरूलाई उनले पुस्तक वितरण गरी रहेका थिए। उनका साथी एइडेका अनुसार मसाला रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरी रहेका छन्। एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट वाचले चासो व्यक्त गर्दै उनको तीव्र रिहाइका माग गरी सकेको छ।

आफ्नो ज्यान खतरामा परेको खबर पाएपछि उनले घर छाडेका थिए। सरकारले आफूमाथि आक्रमण गर्दा त्यसको असर घरका अन्य सदस्यलाई नपरोस् भन्ने चाहनाका साथ उनले घर छाडेका थिए।

तालिवानले ती दुवै निकायको चासोलाई कुनै वास्ता नै गरेको छैन। तालिवानले लगातार महिला माथि प्रतिबन्ध लगाइएको तथा महिला शिक्षा सारिया कानुनको विरुद्धमा रहेको कुरा राखी नै रहेको छ।

धेरै जनाले सरकारले फेरी महिलाका लागि विश्व विद्यालय खुला हुने सम्भावना नै देखेका छैनन्। उनीहरूले सत्ता लिए पछि महिलालाई माध्यमिक तहको शिक्षाबाट समेत वञ्चित गरी सकेका छन्।

तालिवान सरकारको यो गतिविधि र महिला माथिको दमनको विरुद्धमा लगातार आवाज उठी रहेको छ। यसको विरुद्धमा पछिल्ला दिनमा फाट्टफुट्ट मानिसहरू बोल्न थालेका छन्। ती बोलीको कुनै महत्त्व भने हुन छाडेको छ। मानिसहरू मोलेरै भए पनि सरकारको विरुद्धमा बोल्न थालेका छन्।

यसै बिच प्राध्यापक मासालाको गिरफ्तारीले सरकारले आफ्नो विरुद्धमा बोल्ने जो कोहीलाई पनि नछाड्ने सन्देश दिन चाहेको छ। केही महिना अघि मात्र तालिवान सरकारले अन्तर्राष्ट्रिय समुदायको साथमा महिलालाई काममा जान भने खुला गर्ने जनाएको थियो। सरकारी अधिकारीले संयुक्त राष्ट्र सङ्घ समक्ष यो कुरा राखेका थिए।

तालिवान सरकारले गरेको कडाइका कारण अफगानिस्तानमा चौतर्फी समस्या देखिएको थियो। एकातर्फ मानिसले स्वतन्त्रता गुमाएका थिए, अर्को तर्फ त्यहाँको अर्थतन्त्र समेत तहस नहस भएको थियो। अन्तर्राष्ट्रिय दातृ निकायले महिला माथि लगाएको प्रतिबन्धका कारण अफगानिस्तानलाई सहयोग गर्न आनाकानी गरेका थिए। सन् २००० को दशक देखि अफगानिस्तानमा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग अत्यधिक बढी थियो। यसै कारण यो देश दक्षिण अफ्रिकाको अन्य देशको तुलनामा समृद्ध हुँदै आएको थियो।

त्यसै अफगानिस्तानमा तालिवान सरकारले शासन लिए पछि एकाएक संकट देखिएको थियो। गरिबीका समाचार छरपस्ट भएका थिए। भोकमरी समस्या देखि अस्पतालको स्वास्थ्य उपचारमा समेत समस्या देखिन थालेका थियो। यसै बीचबाट अन्तर्राष्ट्रिय दातृ निकाय फेरी अफगानिस्तानमा चासो दिन थालेका हुन्।

तालीवान सरकारले गरेको कडाइका कारण अफगानिस्तानमा चौतर्फी समस्या देखिएको थियो। एकातर्फ मानिसले स्वतन्त्रता गुमाएका थिए, अर्को तर्फ त्यहाँको अर्थतन्त्र समेत तहस नहस भएको थियो।

 यस चासोमा महिला अधिकारको विषय प्राथमिकताका साथ कुरा उठाइएको थियो। काबुलमा रहेकी राष्ट्र सङ्घको मानवीय सवालको सेक्रेटरी ग्रिफिथले यस वर्ष अफगानिस्तानमा उल्लासपूर्ण रूपले सहयोग प्रदान गरिने बताएकी छिन्। उनले पनि यो सहयोगको एउटै कारण महिलाहरू भएको बताएकी छिन्।

महिलालाई घरमा नै बाँधेर कुनै पनि देशले सहयोगको अपेक्षा गर्न नै नसक्ने कुरामा उनले जोड दिएकी छिन्। यस वर्ष आधार भन्दा जनसङ्ख्यालाई पुग्ने गरी दातृ निकायले राहत उपलब्ध गराउने लक्ष्य राखेका छन्।

अन्तर्राष्ट्रिय सहयोग पाउने आसमा महिलालाई काममा लगाउने प्रतिबद्धता जनाएको तालिवान सरकार महिला शिक्षामा भने अझै कठोर हुनु दुःखद हो।

स्रोत: बीबीसी, सीएनएन

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : २० बजे

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन

अफगानिस्तानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ

‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा

युक्रेनविरूद्ध उत्तर कोरियाली सेनाको प्रयोग पूर्वी एसियाको सुरक्षाका लागि खतरा: जापान

किएभ – जापानका विदेशमन्त्रीले युक्रेन द्वन्द्वमा प्रवेश गर्ने उत्तर कोरियाली