‘जन्डिस’ अन्य रोगको संकेत हो « Khabarhub

‘जन्डिस’ अन्य रोगको संकेत हो

‘धेरैलाई हेपाटाइटिस ‘ए’ देखि ‘ई’ सम्म हुन्छ’



नेपालमा जन्डिस या पहेँलोपनलाई डाक्टरको भाषामा हेपाटाइटिस भनिन्छ। गाउँले भाषामा भन्दा कमलपित्त भनिन्छ। जन्डिस, पहेँलोपन, हेपाटाइटिस, कमलपित्त सबै पर्यायवाची शब्द हुन्। बिरामीलाई थाहा नै हुँदैन हेपाटाइटिस भन्ने कुरा। समस्या भएपछि अस्पताल पुगे पनि कसरी यो समस्या भयो भन्नेकुरा बुझेको पाइँदैन। विभिन्न रोगका विषयमा हाम्रो समाजमा विभिन्न खालका भ्रमसमेत रहेका छन्। जन्डिस के हो ? यो कसरी लाग्छ र यसको उपचार कसरी हुन्छ ? यसै विषयमा आधारित रहेर खबरहबका लागि पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कश्यपसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

जन्डिसलाई हामीले कसरी बुझ्ने ?
जन्डिस भनेको शरीरमा दिनानुदिन पहेँलो पना बढ्दै जानु र आँखा पहेँलो हुँदै जानु हो। यो कुनै किसिमको रोग होइन। रोगले गर्दा देखिने संकेत मात्र हो।

कुन रोगको संकेत वा कुन समस्याले जन्डिस हुन्छ त ?
जन्डिस धेरै प्रकारको हुन्छ। जस्तो : हाम्रो कलेजोमा पित्त बनेर तल सानो आन्द्रामा जान्छ र पाचन प्रक्रियामा प्रयोग हुन्छ। यदि कलेजो बन्दा वा जन्मजात जन्डिस हुनसक्छ। जन्म जात जन्डिस भयो भने गिल्बर्ट सिन्ड्रोममा समस्या बढ्छ। अर्काे कलेजोको समस्याले भयो त्यसमा कलेजाको रोग पनि धेरै हुन्छ। हाम्रोमा धेरै हुने भनेको हेपाटाइटिस ‘ए’ देखि ‘ई’ सम्म हो। हेपाटाइटिस ‘ए’ र ‘ई’ चाहिँ खाने कुराबाट र पानीबाट सर्ने हो। ‘बी’, ‘सी’ र ‘डी’ चाहिँ रगतको माध्यमबाट, सुइबाट र यौन सम्पर्कबाट सर्ने हो। ‘ए’ र ‘ई’ बाट भएको जन्डिस सामान्य एक महिनामा निको हुन्छ। ‘बी’ र ‘सी’ बाट भएको चाहिँ अलि लामो समयसम्म रहन्छ। योबाहेक रक्सी खानेमा पनि लिबर बिग्रेर सिरोसिस भएर जन्डिस हुनसक्छ। कलेजोको पछि जुन नली सानो आन्द्रामा गएको छ त्यसमा केही समस्या आयो भने जन्डिस हुनसक्छ। तल नलीमा पत्थरी अड्किएको छ भने त्यसमा पनि जन्डिस देखिन्छ। त्यो नलीको र प्यानक्रियाजको क्यान्सर छ भने त्यो नली थिचिन्छ र जन्डिस आउने हो। विभिन्न सवाल हुने भएकाले सबैलाई एउटै कारणमा राख्नु हुँदैन। जे कारणले भएको हो त्यसको मात्र उपचार गर्नुपर्छ।

सबै भन्दा धेरै नेपालमा देखिएको कुन हो ?
नेपालमा धेरै हेपाटाइटिस ‘ए’ र ‘ई’ हुन्छ। बच्चामा हेपाटाइटिस ‘ए’ र युवा वा वृद्धाहरूमा ‘ई’ देखिन्छ। यो खाने कुरा र पानीबाट सर्ने हो। यो केही उपचार गरे पनि नगरे पनि एक महिनामा निको भएर जान्छ। त्यो बेलमा मान्छे पहेँलो नखाने गरेको देखिन्छ। त्यो आवश्यक छैन। बुझिने भाषामा भन्दा मुख बार्नु पर्दैन। लगभग त्यतिकै ९९ प्रतिशत आफै निको भएर जान्छ। बाँकी एक प्रतिशतमा समस्या हुनसक्छ, त्यसैले उपचार गर्नुपर्ने हुन्छ।

जन्डिसका लक्षणहरू के के हुन् ?
पहिला नै त थाहा हुँदैन। शरीरमा यदि बिलिरुबिनको मात्र साढे २ भन्दा बढी भयो भने आँखा पहेँलो देखिने हुन्छ। त्योबाहेक कसैलाई हेपाटाइटिस ‘ए’ देखि ‘ई’ सम्म भयो भने ज्वरो आउने, जीउ दुख्ने, उल्टी आउने, खाना नरुच्ने समस्या आउँछ। त्यो बाहेक कोही प्यानक्रियाजको क्यान्सरबाट पीडित छ, पेटमा सिरोसिस भएको छ, या पित्त थैलीको नलीको क्यान्सर छ भने त्यस्तोमा अरू क्यान्सरको जे लक्षण हुन्छ त्यही हो। जस्तो दुब्लाउँदै जानु, खाना नरुच्नु हुन्छ। त्यस्तो केशमा दिसा पहेँलो नभई सेतो हुन्छ किनभने पित्त तल रगतमा जान पाएको हुँदैन।

काँचो माछाको एक प्रकार र गँगटो खाना जंन्डिस निको हुने हो ?
जन्डिसको औषधि हुँदैन। हेपाटाइटिस ‘बी’ र ‘सी’ छ भने त्यसको ओषधि हुन्छ। ‘ए’ र ‘ई’ को औषधि हुँदैन। यसको उपचार गर्छु भन्नु ठग्नु नै हो। हेपाटाइटिस हो भने रगतको जाँच हुन्छ। एक्स–रे र सिटीस्क्यान गरे पनि हेर्न सकिन्छ। समस्या देखिएपछि गाउँमा मान्छे प्रत्येकले केही न केही भनेर भुलाउने गरेका छन्। हल्लाका पछाडि लाग्नु भन्दा स्वास्थ्य संस्थामा पुगेर जाँच गर्नु आवश्यक हुन्छ।

जन्डिस हुँदा मुख बार्नु पर्दैन त ?
पर्दैन। बेसार आएर नखाएर आँखा पहेँलो हुने होइन। यो एउटा भ्रम मात्र हो।

तपाईंको अनुभवमा कस्तो अवस्थामा अस्पताल जानुपर्छ ?
केही जन्डिस भयो भनेर आउनु हुन्छ। किन भने आँखामा देखिहाल्छ, कोही वान्ता भएर आउनु हुन्छ। हाम्रो नेपालमा आँखा जन्डिस भयो र दिसामा रगत आयो भन पायल्स भयो भनेर बुझ्ने, र आफ्नै हिसाबले उपचार गर्ने, जडीबुटी खाने चलन छ। त्यसले समस्या थप बढ्दै जान्छ। धेरै गर्दा निको नभएपछि अस्पताल पुग्नुहुन्छ। पत्थरीको कारणले हो भने निकाल्नु पर्दछ र निको भएर जान्छ क्यान्सर भएको हो भने त्यही अनुसार उपचार गर्नु आवश्यक हुन्छ। हेपाटाइटिस ‘सी’ १२ हप्ता औषधि खायो भने निको हुन्छ। हेपाटाइटिस ‘बी’ भयो भने कसैलाई जिन्दगी भरी पनि औषधि खानु पर्ने हुनसक्छ। क्यान्सर नै भएको छ भने जाँचेर औषधि दिन्छौँ त्यो लामो समयसम्म औषधि खानु पर्दछ।

एक पटक जन्डिस भएर निको भएको छ भने पछि दोहोरिने सम्भावना कति हुन्छ ?
कसैलाई हेपाटाइटिस ‘ए’ भएको छ भने उसलाई ‘बी’ हुन सक्ने भयो। कसैलाई ‘ई’ भएको छ भने त्यो फेरि हुँदैन। ‘बी’ भनेको सबै भइरहन्छ। जुन एक पटक भइसकेको छ भने दोहोरिँदैन।
जन्मजात जन्डिसमा त्यो बिलिरुबिन आफै बढ्छ र आफै घट्छ। अलिकति चिन्ता भयो शरीरमा भने आउँछ र आफै कम भएर जान्छ।

जन्डिसको औषधि सेवन गर्नेले र एक पटक जन्डिस भएकोले के के कुरामा ध्यान दिने ?
के कारणले हो थाहा पाउने, सफा पानी खाने, हेपाटाइटिस ‘बी’का लागि तीन डोज खोप हुन्छ। त्यो खोप सबैले लगाउने, हेपाटाइटिस ‘सी’को पनि उपचार छ।

जन्डिस नहोस् भनेर के के कुरामा ध्यान दिने त ?
जथाभावी पानी खानु हुँदैन। लागूऔषध र मादक पदार्थ सेव गर्नु हुँदैन। अझ सुई लिने र धुम्रपान गर्नु हुँदैन। –प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ०१ बजे

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर