शीर्ष स्थानमा रहेको बार्यन म्युनिख ३–२ ले पराजित « Khabarhub

शीर्ष स्थानमा रहेको बार्यन म्युनिख ३–२ ले पराजित


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शीर्ष स्थानमा रहेको बायर्न म्युनिख ३–२ गोलले पराजित भएको छ । शनिबार राति भएको खेलमा जर्मन बुन्डेसलिगा फुटबलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले हराएको हो ।

खेलको आठौं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिनु परेको बार्यनमाथी खेलको १३औं मिनेटमा लार्स स्टिनडलले गोल गर्दै मन्छेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाए । तर, ३५ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।

खेलको ५५ औं मिनेटमा जोनास होफ्म्यानले गोल गर्दै मन्छेनग्लाडबाखलाई २–१ को अग्रता दिलाए। ८४ औं मिनेटमा पुग्दा मार्कुस थुरामले गोल गर्दै मन्छेनग्लाडबाखलाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा बायर्नका म्याथस टेलले थप एक गोल गरे पछि मन्छेनग्लाडबाख ३–२ ले विजयी भयो ।

बायर्न २१ खेलमा ४३ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ। जितसँगै मन्छेनग्लाडबाखले २१ खेलमा २९ अंक जोडेर आठौं स्थानमा छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : ०७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय