दोल्ती पावर कम्पनीले सोमबार आईपीओ जारी गर्ने « Khabarhub

दोल्ती पावर कम्पनीले सोमबार आईपीओ जारी गर्ने


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोल्ती पावर कम्पनीले सोमबार आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुका लागि उक्त आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि सोमबार निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर छुट्याएको छ । आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर बाँडफाँड गरिने कम्पनीले जानाएकको छ ।

कम्पनीले सर्वसाधारणका लागी छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबारको प्रतिसेयर १०० रुपैयाँअंकित दरको १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले उक्त आईपीओमा फागुन २५ गतेसम्ममा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद चैत ७ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । दोल्ती पावर कम्पनीले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा भने एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : ४८ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान