‘विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी शहीदपार्क जाऔँ’ « Khabarhub

‘विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी शहीदपार्क जाऔँ’


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वको सबैभन्दा ठूलो कागको मूर्ति रहेको काठमाडौँको गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा आन्तरिक पर्यटक बढ्न थालेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न धातुले बनेको झण्डै दुई हजार किलो बराबरको कागको मूर्ति गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा निर्माण गरेपछि त्यो हेर्न आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक सयौँ जनासम्म शहीदपार्कमा कागको मूर्ति हेर्न आउने गरेका छन ।

यो कागको मूर्ति विश्वकै ठूलो भएको कागेश्वरी मनोहरा नगरपालिका १ का वडाध्यक्ष मुकुन्द गजुरेलले बताए । उनका अनुसार १४ सय किलो बराबरको कागको मूर्ति अमेरिकामा रहेको भएपनि त्योभन्दा ठूलो अर्थात १९ सय ३२ किलोको कागको मूर्ति शहीदपार्क चिहानडाँडामा राखिएको हो । र, यो कागको मूर्ति हेर्न पछिल्लो समय काठमाडौँ उपत्यकाबाट आन्तरिक पर्यटक शहिदपार्क चिहानडाँडा पुग्ने गरेका छन् । जहाँ घुम्न तथा वनभोज खान मिल्ने गरि पार्क निर्माण गरिएको छ भने कागको मूर्ति विशेष रुपमा सजाइएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका १ नं. वडाध्यक्ष गजुरेलले शहीदपार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परिरहेको बताए ।

‘विश्वको सबैभन्दा ठूलो कागको मूर्ति हामीले बनाएपछि गागलफेदीको चिहानडाँडा शहिदपार्कमा आन्तरिक पर्यटक बढिरहेका छन् । त्यसबाहेक उपत्यकाबाट नजिकै पर्ने भएकाले शहीदपार्क, कागेश्वरी महादेव मन्दिर, मणिच्युड, शिवधामको मानव निर्मित ताल हेर्ने पर्यटकको संख्या बढ्दै छ’ उनले भने ।

साथै उनले कार्यक्रममा विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी चिहानडाँडामा निर्माण गरिएको शहीदपार्क घुम्न पनि आह्वान गरे । ‘कागेश्वरीको मुख्य आकर्षण र पर्यटकीय क्षेत्रका रुपमा शहीदपार्क बनिरहेको छ । विश्वको सबैभन्दा ठूलो काग हेर्नलाई गागलफेदी शहीदपार्क जाऔँ ।’

नेपाल पर्यटन बोर्ड, बागमती प्रदेश सरकार र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा शहीदपार्क तथा कागेश्वरी महादेव मन्दिरमा पछिल्लो समय पूर्वाधार निर्माण गरिएको छ । शहीदपार्कमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने कागेश्वरी मन्दिरमा हिड्नेका लागि ट्रेल तथा पार्क निर्माणको काम चलिरहेको छ ।

कागेश्वरी मन्दिरमा रहेको सानो झरनाले पनि आन्तरिक पर्यटकको ध्यान तानिरहेको छ । मन्दिर पुगेका धेरै आन्तरिक पर्यटक फोटो तथा भिडियो बनाउँदै सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकमा अपलोड गर्दै आएका छन् । यसले आन्तरिक पर्यटन वृद्धि गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : ५८ बजे

एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

कटारी- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको

जनअनुमोदित यी अनुहार : वकिलदेखि व्यवसायीसम्मको संसद् यात्रा

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक

इरानका नागरिकले ‘अनअराइवल’ भिसा नपाउने

काठमाडौं– नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन