‘विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी शहीदपार्क जाऔँ’ « Khabarhub

‘विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी शहीदपार्क जाऔँ’


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वको सबैभन्दा ठूलो कागको मूर्ति रहेको काठमाडौँको गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा आन्तरिक पर्यटक बढ्न थालेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न धातुले बनेको झण्डै दुई हजार किलो बराबरको कागको मूर्ति गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा निर्माण गरेपछि त्यो हेर्न आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक सयौँ जनासम्म शहीदपार्कमा कागको मूर्ति हेर्न आउने गरेका छन ।

यो कागको मूर्ति विश्वकै ठूलो भएको कागेश्वरी मनोहरा नगरपालिका १ का वडाध्यक्ष मुकुन्द गजुरेलले बताए । उनका अनुसार १४ सय किलो बराबरको कागको मूर्ति अमेरिकामा रहेको भएपनि त्योभन्दा ठूलो अर्थात १९ सय ३२ किलोको कागको मूर्ति शहीदपार्क चिहानडाँडामा राखिएको हो । र, यो कागको मूर्ति हेर्न पछिल्लो समय काठमाडौँ उपत्यकाबाट आन्तरिक पर्यटक शहिदपार्क चिहानडाँडा पुग्ने गरेका छन् । जहाँ घुम्न तथा वनभोज खान मिल्ने गरि पार्क निर्माण गरिएको छ भने कागको मूर्ति विशेष रुपमा सजाइएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका १ नं. वडाध्यक्ष गजुरेलले शहीदपार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परिरहेको बताए ।

‘विश्वको सबैभन्दा ठूलो कागको मूर्ति हामीले बनाएपछि गागलफेदीको चिहानडाँडा शहिदपार्कमा आन्तरिक पर्यटक बढिरहेका छन् । त्यसबाहेक उपत्यकाबाट नजिकै पर्ने भएकाले शहीदपार्क, कागेश्वरी महादेव मन्दिर, मणिच्युड, शिवधामको मानव निर्मित ताल हेर्ने पर्यटकको संख्या बढ्दै छ’ उनले भने ।

साथै उनले कार्यक्रममा विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी चिहानडाँडामा निर्माण गरिएको शहीदपार्क घुम्न पनि आह्वान गरे । ‘कागेश्वरीको मुख्य आकर्षण र पर्यटकीय क्षेत्रका रुपमा शहीदपार्क बनिरहेको छ । विश्वको सबैभन्दा ठूलो काग हेर्नलाई गागलफेदी शहीदपार्क जाऔँ ।’

नेपाल पर्यटन बोर्ड, बागमती प्रदेश सरकार र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा शहीदपार्क तथा कागेश्वरी महादेव मन्दिरमा पछिल्लो समय पूर्वाधार निर्माण गरिएको छ । शहीदपार्कमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने कागेश्वरी मन्दिरमा हिड्नेका लागि ट्रेल तथा पार्क निर्माणको काम चलिरहेको छ ।

कागेश्वरी मन्दिरमा रहेको सानो झरनाले पनि आन्तरिक पर्यटकको ध्यान तानिरहेको छ । मन्दिर पुगेका धेरै आन्तरिक पर्यटक फोटो तथा भिडियो बनाउँदै सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकमा अपलोड गर्दै आएका छन् । यसले आन्तरिक पर्यटन वृद्धि गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : ५८ बजे

सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न

मौद्रिक नीतिको पहिलो समीक्षा : राष्ट्र बैंकले के–के गर्‍यो नीतिगत व्यवस्थामा परिवर्तन ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष(आव)का लागि ल्याएको मौद्रिक

चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार छैन : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१

हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

ढाका– बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उनकी बहिनीकी

सीमान्तकृत समुदाय लक्षित आयमूलक कृषि कार्यक्रम

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले एकल महिला, अपाङ्गता भएका, मुक्त कम्लहरी,