१६ औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने « Khabarhub

१६ औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १६ औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

नेपाल एथलेटिक्स एसोसिएसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २३ गते बिहीबार एसियन क्रसकन्ट्री च्याम्पियनसिप हुने जानकारी दिएको हो । प्रतियोगिता एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित एसियाका ४० देखि ४५ राष्ट्रका करिब ४५० जना खेलाडीहरुको सहभागिता जनाउने छन् ।

गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा संचालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलोमिटरका कुल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुने एथलेटिक्स एसोसियसनका अध्यक्ष राजीव बिक्रम शाहले जानकारी दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ५ : ३४ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू