गौरवका आयोजना सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी « Khabarhub

गौरवका आयोजना सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गौरवका आयोजना अहिलेको सरकारको प्राथमिकतामा रहेको बताए । प्रेस चौतारी बैतडीले आज सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उहाँले सुदूरपश्चिममा रहेका गौरवका आयोजनालाई प्राथमिकता राखेर काम भइरहेको बताएका हुन् ।

सरकारको प्राथमिकताअनुसार कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढेको, दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई अगाडि बढाउने काम भइरहेको बताउँदै उनले कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने महत्त्वपूर्ण निर्णय भएको दाबी गरे ।

नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहनुभएका मन्त्री भण्डारीले सरकारले औद्योगिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको र वाणिज्य नीतिमा केही परिमार्जन गरिने उद्घोष गरे । उनले उक्त नीतिमा परिमार्जन गर्नुपर्ने कुरालाई प्रधानमन्त्रीको भारत भ्रमणका बेला राखिने जानकारी दिए ।

उनले नेपाल–भारत सीमा नाका झुलाघाटमा पक्की पुलका साथै महाकाली नदीमा अन्य स्थानमा पनि पुल बनाउन पहल भइरहेको जनाए । बैतडीमा रहेका खानीहरूको पहिचान गरी ती खानीहरूको उत्खनन गरिने भण्डारीको भनाइ छ । पाटनमा ११ महिनादेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालन गरिने समेत बताए ।

सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै मन्त्री भण्डारीले कर्मचारी अभाव हुन नदिने दाबी गरे । मन्त्री भएपश्चात् पहिलोपटक गृह जिल्ला पुग्नुभएका भण्डारीलाई स्वागत र सम्मान गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : २१ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट