नगरपालिकाको आयोजनामा  ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन « Khabarhub

नगरपालिकाको आयोजनामा  ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय र आधारभूत विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा सरस्वती मावि अर्खौले र बुलापन्थे मावि धितुङ प्रथम भएको छ । नगरपालिकाभित्रका ११ वटै वडामा सञ्चालित कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि अन्तर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो । यसमा विजेता विद्यालयबीच दुर्छिम माध्यमिक विद्यालयको प्राङ्गणमा नगरपालिकाले हाजिरी जवाफ प्रतियोगिता गराएको थियो । 

कक्षा ५ सम्मका विद्यार्थीको हाजिरी जवाफमा बुलापन्थे मावि धितुङ प्रथम हुँदा जगदम्बा मावि महादेवस्थान दोस्रो र जनता मावि सल्ले तेस्रो भएका छन् । नगरपालिकाभित्रका १२ वटै माविका कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच भएको प्रतियोगितामा सरस्वती मावि अर्खौले प्रथम, महेन्द्रदोय मावि महादेवस्थान दोस्रो र बुलापन्थे मावि धितुङ तेस्रो भएका छन् ।

कक्षा ५ सम्मका विद्यार्थीबीच गराइएको हाजिर जवाफ प्रतियोगितामा प्रथम हुने बुलापन्थे मावि धितुङ र कक्षा १० सम्मका विद्यार्थीबीच भएको हाजिर जवाफ प्रतियोगितामा प्रथम हुने सरस्वती मावि अर्खौलेलाई हौसलास्वरुप नगद ५०–५० हजार प्रदान गरिएको नगरपालिकाले जनाएको छ । कक्षा ११ र १२ का विद्यार्थीका लागि ‘हाम्रो सपना समृद्ध हलेसी तुवाचुङ नगरपालिका’ शीर्षकमा वत्तृत्वकलामा प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । 

प्रतियोगितामा च्यास्मिटार माविका मेनुका राई प्रथम, महेन्द्रोदय मावि हलेसीका नमराज मगर दोस्रो, जनता माविका मनिषा पौडेल तेस्रो र ज्योति माविका रमेश कार्की चौथो भएका छन् । विजेता विद्यार्थीलाई क्रमशः सात हाजर, छ हजार र पाँच हजारका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले बताए।

नगरपालिकाको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थी र विद्यालयको वास्तविक क्षमता मापन भएको छ । पाठ्यक्रमलाई समेटेर विषयगतबाट ८० प्रतिशत र सामान्य ज्ञानबाट २० प्रतिशत प्रश्न सोधिएको नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा विजयी विद्यालय तथा विद्यार्थीलाई नगरप्रमुख विमला राई र उपप्रमुख रमेश राउतले संयुक्तरूपमा पुरस्कार प्रदान गरेका छन् । सामाजिक विकास संयोजक एवं १ नं वडाका वडाध्यक्ष रुद्रकुमार राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठी, वडाध्यक्ष, प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्षलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ७ : १५ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–