फाइल फोटो

राजनीति

सरकारमा सहभागी हुने कांग्रेसकाे निर्णय

By खबरहब

March 19, 2023

काठमाडौं– नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । कांग्रेसले प्रतिनिधिसभामा प्रतिपक्षको बेञ्च नेकपा एमालेलाई छोड्ने भएको हो । 

 पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आज बसेको कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने र प्रतिपक्षको बेञ्च एमालेलाई छाड्ने निर्णय गरेको हो ।

उनले अघि भने, ‘फेरि एउटा गठबन्धन बनेको छ, त्यसलाई मध्यनजर गरेर कांग्रेस सरकारमा पनि सहभागी हुने निर्णय गरेको छ ।’