संसदमा प्रधानमन्त्री स्वयंले संवैधानिक परिषदसम्बन्धी विधेयक प्रस्तुत गर्नुपर्ने एमालेका सांसदको माग « Khabarhub

संसदमा प्रधानमन्त्री स्वयंले संवैधानिक परिषदसम्बन्धी विधेयक प्रस्तुत गर्नुपर्ने एमालेका सांसदको माग


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री स्वयंले संवैधानिक परिषदसम्बन्धी विधेयक प्रस्तुत गर्नुपर्ने माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरूले आपत्ति जनाएका थिए ।

उनीहरुले मन्त्री नभई प्रधानमन्त्री स्वयंले विधेयक प्रस्तुत गर्नुपर्ने भन्दै सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका हुन् ।

एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री संसदमा भएका बेला मन्त्रीलाई विधेयक प्रस्तुत गर्न लगाएर संसदको अवहेलना गरेको आरोप लगाए । उनले मन्त्रीले विधेयक प्रस्तुत गर्नुको औचित्य पुष्टि गर्न माग गरे ।

यसैगरी, एमालेका अर्का सांसद योगेशकुमार भट्टराईले संवैधानिक परिषदसम्बन्धी विधेयक प्रधानमन्त्रीले नै पेस गर्नुपर्ने जिकिर गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : ४४ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना