समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न लुम्बिनीका मुख्यमन्त्री गिरीको आग्रह « Khabarhub

समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न लुम्बिनीका मुख्यमन्त्री गिरीको आग्रह


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत दाङको घोराहीमा आज समीक्षा बैठकमा सीमित स्रोतसाधनका बीचमा पनि प्रदेश सरकारले समृद्धिको अभियानलाई अगाडि बढाएको बताए । मुख्यमन्त्री गिरीले सबैको सहयोग र समन्वयबाट समृद्ध प्रदेश बन्न सक्ने बताए ।

अप्ठ्यारोका बीचमा पनि जनताको गुनासो सुनेर काम गर्नुपर्ने उनको भनाइ थियो । “पार्टीलाई सही ढङ्गले चलाउनका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने । गाउँगाउँका मतदाताको मनोभाव बुझेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ७ : २१ बजे

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार