जनयुद्धका सहिदहरुको सपना पूरा भएको छैन : बास्तोला « Khabarhub

जनयुद्धका सहिदहरुको सपना पूरा भएको छैन : बास्तोला


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले सहिदहरुको व्यपारीकरण हुन नसक्ने बताएका छन् । बास्तोलाले व्यपारिकरण बन्द भएमात्रै सहिदहरुले न्याय पाउने बताए ।

संवाद डबलीमा आइतबार अखिल नेपाल जनसाँस्कृतिक महासंघको आयोजनामा ‘२५ औ प्रतिरोध दिवस’ मा बोल्दै बास्तोला जनयुद्धका सहिदहरुको सपना पूरा नभएको बताउँदै आफूलाई पूरा गर्ने अभियानमा रहेको बताए । उनले आफ्नो पार्टी अरुजस्तो नभएर क्रान्तिकारी पार्टी भएको दाबी समेत गरे ।

“सहिदहरुको व्यपारिकरण हुन्छ कि हुँदैन रु सहिदहरुको भागबण्डा हुन्छ कि हुँदैन रु नहुुनु पर्ने हो, व्यपारीको दबदबा भएको ठाउँमा सहिदहरुको पनि व्यपारिकरण हुने रहेछ तर यो कुरा क्षणिक हो । सहिदहरुको व्यपारिकण हुन सक्दैन” बास्तोलाले भने । उनले सहिदका चिहानको व्यपारिकण हुन नसक्ने बताए ।

बास्तोलाले सहिदहरुका सपना पूरा गर्ने बाटोमा हिडेमात्रै उनिहरुको सच्चा सम्मान हुने बताए । आफ्नो पार्टी सहिदका सपना पूरा गर्ने बाटोमा हिडेको दाबी समेत बास्तोलाले गर ।

त्यसैगरी राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरले शहीदहरुका सुन्दर सपना साकार पार्नको लागि रक्तरंजित बाटोमा अघि बढ्न, देश र जनताका दुश्मनसँग लडेर प्रतिरोध गरेर पराजित गरेमात्रै सहिदको सम्मान हुने बताए ।

पीटरले जसले इतिहासलाई पेस्तुल हान्छ उसलाई इतिहासले भविश्यमा बम हानेर ध्वस्त बनाउने बताए ।परिवर्तनको अगुवाई गर्ने र व्यवहारिक रूप दिने भनेको त राजनीति भएको बताउँदै सांस्कृतिकरण गर्न नसकेका कारण समस्या देखा परेको बताए ।

कृष्णसेन, जुनु गुरुङ, सहित काभ्रेको अनेकोट, रोल्पाको भाबाङ र हार्जङ, डोल्पाको माझफाल, जाजरकोटको लहँ, अछामको डुंगाला, डोटीको मुभडामा भएको सामुहिक हत्याकाण्डामा मारिएका सांस्कृतिक योद्धाहरुको सम्झनामा आयोजित कार्यक्रममा गुणराज लोहनी, खेम थपलिया, देवकला अधिकारी, हरि श्रेष्ठ, विनोद थापा, रोजन रखाल मगर, जुना दाहाल, पवित्रा फुयाल, अग्निराज पौडेललगायत सहिदको सम्झना र सम्मानमा कविता वाचना गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ८ : २६ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना