साउदी अरबका विश्वविद्यालयमा योगलाई समावेश गरिने « Khabarhub

साउदी अरबका विश्वविद्यालयमा योगलाई समावेश गरिने


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउदी अरबको योग समितिले मुलुकमा योग र प्राणायमलाई प्रवर्द्धन गर्न विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ ।

राजधानी रियादमा हालै सम्पन्न ‘अधिराज्यको परिकल्पनामा विश्वविद्यालय खेलकुद’ विषयक कार्यक्रममा साउदी योग समितिकी अध्यक्ष नउफ अलमरवाईले विश्वविद्यालयमा योगलाई समावेश गर्ने विषयमा सम्झौता हुने जानकारी दिएकी हुन् ।

साउदी विश्विद्यालय खेलकुद महासंघको सहकार्यमा विश्वविद्यालयमा योगको प्रवर्द्धन एवम् प्रोत्साहन गरिने अरब न्युज अनलाइनले जनाएको छ ।

साउदी अरबको शिक्षा मन्त्रालय र विश्वविद्यालय खेलकुद महासंघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष अलमरवाईले शारीरिक एवम् मानसिक स्वास्थ्यलाई तन्दुरुस्त बनाउनका लागि साउदी अरबका विश्वविद्यालयमा योगलाई समावेश गर्न लागिएको बताइन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : ३१ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी