तिलोत्तमा गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा « Khabarhub

तिलोत्तमा गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं –  बुटवलमा सञ्चालिन तिलोत्तमा गोल्डकपको २२औँ संस्करणअन्तर्गत आजको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

थ्री स्टारको जितका लागि जर्सी नं १८ का दीपेश गुरुङले दोस्रो हाफको ३८औँ मिनेटमा गरेको उत्कृष्ट गोल निर्णायक बन्यो । बुटवलस्थित देवीनगर एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत खेलको पहिलो हाफमा दुवै टोलीबाट गोलरहित बराबरी रहेको थियो ।

खेल अवधिभर थ्री स्टार हिमालयन शेर्पामाथि हाबी बभएको थियो । प्रतियोगितमा थ्री स्टारका लकिन लिम्बू ‘म्यान अफ दी म्याच’ घोषित भए । आजको जितसँगै थ्री स्टारले शनिबारको विजेता सुदूरपश्चिम–११ सँग सेमिफाइनलको भेट पक्का गरेको छ । सुदूरपश्चिमले रुपन्देही–११ लाई शनिबार ३–१ को गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

सोमबारको खेल विभागीय टोली नेपाल सशस्त्र प्रहरी (एपिएफ) र फ्रेन्ड्स क्लबबीच दिउँसो साढे ३ बजे हुनेछ । दुई विभागीयसहित आठ टोली सहभागी प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय ११ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्डकपको उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १० : १४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४