तिलोत्तमा गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा « Khabarhub

तिलोत्तमा गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं –  बुटवलमा सञ्चालिन तिलोत्तमा गोल्डकपको २२औँ संस्करणअन्तर्गत आजको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

थ्री स्टारको जितका लागि जर्सी नं १८ का दीपेश गुरुङले दोस्रो हाफको ३८औँ मिनेटमा गरेको उत्कृष्ट गोल निर्णायक बन्यो । बुटवलस्थित देवीनगर एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत खेलको पहिलो हाफमा दुवै टोलीबाट गोलरहित बराबरी रहेको थियो ।

खेल अवधिभर थ्री स्टार हिमालयन शेर्पामाथि हाबी बभएको थियो । प्रतियोगितमा थ्री स्टारका लकिन लिम्बू ‘म्यान अफ दी म्याच’ घोषित भए । आजको जितसँगै थ्री स्टारले शनिबारको विजेता सुदूरपश्चिम–११ सँग सेमिफाइनलको भेट पक्का गरेको छ । सुदूरपश्चिमले रुपन्देही–११ लाई शनिबार ३–१ को गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

सोमबारको खेल विभागीय टोली नेपाल सशस्त्र प्रहरी (एपिएफ) र फ्रेन्ड्स क्लबबीच दिउँसो साढे ३ बजे हुनेछ । दुई विभागीयसहित आठ टोली सहभागी प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय ११ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्डकपको उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १० : १४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले