राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लाने तयारी « Khabarhub

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लाने तयारी


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्वस्थ भएर अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लाने तयारी भएको छ। मंगलबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पौडेललाई थप उपचारका लागि भारत लाने तयारी सरकारले गरेको हो।

राष्ट्रपति पौडेलको छातीमा देखिएको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले जानकारी दिए।

परिवारका सदस्यले थप उपचारका लागि भारत लानुपर्ने बताएपछि सरकारले एयर एम्बुलेन्समार्फत् भारत लाने तयारी गरेको हो।

केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। यसअघि चैत १८ गते अस्पाल भर्ना भएर उनी २२ गते डिस्चार्ज भएका थिए।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : २० बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट