चुनावी सभालाई सम्बोधन गर्न सत्तारुढ गठबन्धननका शीर्ष नेताहरु तनहुँ जाँदै « Khabarhub

चुनावी सभालाई सम्बोधन गर्न सत्तारुढ गठबन्धननका शीर्ष नेताहरु तनहुँ जाँदै


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदैछन्। तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : २९ बजे

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६