जुङ्गे महादेवको मन्दिर पुनःनिर्माण « Khabarhub

जुङ्गे महादेवको मन्दिर पुनःनिर्माण


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

खजुरा – नेपालगन्ज उपमहानगरपालिका–२ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको जुङ्गे महादेवको मूर्ति भएको मन्दिर पुनःनिर्माण गरिने भएको छ । उपमहानगरपालिकाले मन्दिर पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेपछि बोलपत्र आह्वान गरी प्रक्रिया सुरु भएको हो ।

जुङ्गे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइ, मन्दिर र मूर्ति यथावत राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको हो । नेपालगन्ज नगरप्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको बताए ।

नयाँ संरचना निर्माण भए पनि मन्दिरभित्रका घाटका क्षेत्र फराकिलो हुने छ । प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालको बीच भागमा रहेको जुङ्गे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेशमार्ग रहेका कारण शिवरात्रिलगायत विभिन्न चाडपर्वको समयमा भक्तजनको भीड हुने र दुर्घटनाको जोखिम रहने गरेकामा नयाँ निर्माण भएपछि भक्तजनलाई सहजता हुने भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : ४० बजे

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया