युद्ध विरामपछिको त्रासदी | Khabarhub Khabarhub

युद्ध विरामपछिको त्रासदी


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुडानको राजधानी खार्तुममा विपक्षी र सत्ता पक्षीय सेनाबीचमा लगातार चार दिनदेखि युद्ध भएपछि खानेपानीको समेत अभाव हुन थालेको छ। ‘आजको बिहानै हामी भागेका थियौं,’डुवा टारिकले दुखी हुँदै भनिन्। उनले आफ्नो दुई वर्षीय बच्चाका लागि भनेर पानीको बोतल राखेको कुरा बताइन्।

अहिले सत्ता पक्ष र विपक्षीबीचमा युद्ध विराम भएको छ। परन्तु विद्रोही सेना अहिले आवासीय क्षेत्रमा प्रवेश गरिरहेका छन्। उनीहरू पनि पानीले छटपटाएको कारण छिमेकका खानेकुरा र पानीका लागि उनीहरू पुगेका हुन्। युरोपेली युनियनका राजदूतसमेत त्यसै क्षेत्रमा घाइते भएका थिए।

अहिले सत्ता पक्ष र विपक्षीबीचमा युद्ध विराम भएको छ। परन्तु विद्रोही सेना अहिले आवासीय क्षेत्रमा प्रवेश गरिरहेका छन्। उनीहरू पनि पानीले छटपटाएको कारण छिमेकका खानेकुरा र पानीका लागि उनीहरू पुगेका हुन्।

आयरल्यान्डका विदेश मन्त्रीले उनलाई गम्भीर चोट नलागेको बताएका छन्। युद्ध विराम भनिए पनि पूर्ण रूपमा कार्यान्वयन भएको छैन। एयरपोर्टको आसपासको क्षेत्रमा भयङकर बम बारी भएको देख्न सकिन्छ। राजधानी खार्तुमको केन्द्रमा एयरपोर्ट छ। त्यसको नजिकै सैनिक मुख्यालयमा ट्याङ्कहरू बिछ्याइएका छन्।

एयरपोर्ट नजिकै क्यान्सर अस्पताल पनि छ। क्यान्सर अस्पताल र एयरपोर्टका कर्मचारी एक किसिमले बन्दी झैँ भएका छन्। अलजारा अस्पतालका एक बिरामीका अनुसार त्यहाँ न खाद्यान्न छ, नत औषधि नै छ। विद्रोही आरएसएफको आक्रमणपछि अर्को अस्पतालबाट बिरामी त्यहाँ पठाइएको छ। अस्पतालमा अहिले नै बिरामीको चाप पनि बढी छ।विश्व स्वास्थ्य सङ्गठन अनुसार त्यहाँको सात प्रान्तमा अहिले आपूर्ति अभाव छ।

‘अहिले धेरै अस्पतालमा आपूर्ति अभाव भएको हो। ब्लड ब्याग, अक्सिजन, धेरै महत्त्वपूर्ण औषधि र स्वास्थ्य सामग्री पनि’ विश्व स्वास्थ्य सङ्गठनको सुडान प्रतिनिधि निमा साइद अदीवलेभ बताउँछन्। सुडानका लागि राष्ट्र सङ्घका विशेष प्रतिनिधि भोल्र पर्थेस स्थितिलाई सामान्य बनाउन युद्धरत दुई जर्नलसँग आफूले निरन्तर सम्पर्क गरिरहेको बताउँछन्। दुवै जनरल सामान्य बनाउने कुरामा सचेत देखिँदैनन्।

सुडानका प्रभवशाली नेता जनरल अब्देल फताह अल बुराहले सीएनएनसँगको कुराकानीमा युद्ध विराम भए पनि सेनाले धेरै स्थानमा त्यसलार्य स्वीकार नगरेको बताउँछन्। आरएसएफका प्रमुख मोहम्मद हमदान डगालोले घाइते नागरिकको उपचार युद्ध विरामको शर्त भए पनि यसलाई राज्य पक्षले स्वीकार नगरेको दाबी गरेका छन्। पर्थेसले आइतबार र सोमबार युद्ध विरामको कार्यान्वयनका लागि आफूहरू लागि परे पनि त्यो प्रयास असफल भएको बताएका छन्।

विद्रोही आरएसएफको आक्रमणपछि अर्को अस्पतालबाट बिरामी त्यहाँ पठाइएको छ। अस्पतालमा अहिले नै बिरामीको चाप पनि बढी छ।विश्व स्वास्थ्य सङ्गठन अनुसार त्यहाँको सात प्रान्तमा अहिले आपूर्ति अभाव छ।

एक करोड जनसङ्ख्या रहेको सहरमा धेरै स्थानबाट सहयोगका लागि कल आएको रेडक्रसले जनाएको छ। युद्धका कारण बन्द झैँ भएका अथवा ट्यापमा पर्नेले रेडक्रससँग सम्पर्क गरिरहेका छन्। सहयोगी निकाय तथा संस्थाले हवाई आक्रमण र जमिन आक्रमणका कारण त्यहाँ राहत सामग्री पठाउन असम्भव भएको प्रतिक्रिया दिएका छन्। राष्ट्र संघले जनाए अनुसार युद्ध विराम घोषणा भएको आइतबार यता नै १ सय ८५ जनाको ज्यान गएको छ भने १ हजार ८ सय जना घाइते भएका छन्।

तारिकका लागि आफ्नै घरमा पनि सुरक्षित हुने एउटा सानो कोरिडोर जस्तो छ। त्यहाँ उनी एउटै ओछ्यानमा परिवारका धेरै जनासँग बसिरहेकी छिन्। धेरै जना लगातारको आक्रमणका कारण ज्यान गुमाउन बाध्य भएका छन्। त्यहाँ पर्याप्त प्रकाश छैन। लगातारको विस्फोटका कारण धेरै घरमा झ्याल र ढोका फुटेका छन्।

तारिकले रातभर निदाउन कठिन भएका कारण आफू बिरामी भएको बताएकी छन्। उनी बस्ने समुदायमा क्राइसिस समूह बनाइएको छ। त्यसै समूहको पहलमा सेल्टर यार गरिएको छ। साथै खाद्यान्नको पनि व्यवस्था छ। अहिले सुडानमा अनलाइनबाटै युद्ध विरोधी लबिङ पनि भइरहेको छ।

एक करोड जनसङ्ख्या रहेको सहरमा धेरै स्थानबाट सहयोगका लागि कल आएको रेडक्रसले जनाएको छ। युद्धका कारण बन्द झैँ भएका अथवा ट्यापमा पर्नेले रेडक्रससँग सम्पर्क गरिरहेका छन्।

युद्ध विरामको कत्तिसम्म खिल्ली उडाइएको छ भने युद्ध विरामको घोषणा हुन आधा घण्टा मात्र बाँकी रहँदा तीन बच्चाको बमवारिमा परेर ज्यान गएको थियो। रामदानको घर ध्वस्त भएको छ। एक महिला युद्ध विरामको लगत्तै पनि बम बारी भएको आफ्ना आँखाले देखेका बताउँछिन्।

अहिले त्यहाँ मुख्य दुई सैन्य सत्ताका कारण लडाइँ भएको हो। सुडानको सैन्य शक्ति जनरल अब्देल फताह अल बुरासँग लचिलो छ। उनी देशका अप्रत्यक्ष शासक नै हुन्। अर्कोतर्फ रेपिड सपोर्ट फोर्स (आरएसएफ)को ले पूर्व जनरल मोहम्मद अमादान डगाला्लाई पछ्याउन गरेको छ। खातुर्ममा यी दुई पक्षबीचको झडपका कारण लगभग चार वर्षदेखि नागरिकले अत्यन्त धेरै दुःख र यातनाको सामना गरेका छन्। सन् २०१९ मा भएको महत्त्वपूर्ण राजनीतिक परिवर्तनसँगै त्यहाँका नागरिकले तानाशाह सत्तालाई विस्थापित गरेका थिए।

डाफरमा पनि त्यस्तै समस्या बढीरहेकै छ। पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायले पनि सुडानलाई एक्ल्याउन थालेको छ। संयुक्त राष्ट्र संघले आतङ्कवादको प्रभाव भएको देशको रूपमा सुडानलाई सूचीकृत गरेको छ। अन्तर्राष्ट्रिय सहयोग त्यत्तिकै प्रभावित भएको समयमा युक्रेनमाथिको रुसको आक्रमणले अर्को समस्या थपेको छ।

सन् २०१९ मा भएको महत्त्वपूर्ण राजनीतिक परिवर्तनसँगै त्यहाँका नागरिकले तानाशाह सत्तालाई विस्थापित गरेका थिए।

त्यहाँ समस्या भोग्ने र जीवनलाई जोखिममा धकेल्नेहरूको फरक फरक कथा छ। युद्धमा सरिक हुनेहरू त्यत्तिकै निराश छन्। फारुक तीन वर्षअघि भएको प्रदर्शनमा सहभागी भएका थिए। सोही प्रदर्शनले तत्कालीन राष्ट्रपति अ‍ोमार हसन अल बसारको सत्ता ढालेको थियो। यसै साता ज्यान जोगाउन आफ्नै घरमा श्रीमतीसँग लुकेर बसेका उनले विगतमा प्रजातन्त्र र देशका लागि भन्दै लिएको जोखिम झलझल्ती सम्झिए।

‘हामी अहिले यी शक्तिहीन भएका छौं,’ उनले भने भने, ‘अहिले हामी हरेक व्यक्ति यमन या सिरियाको बाटोमा गएकोमा चिन्तामा छौं।’ यसले अन्तर्राष्ट्रिय निकायका व्यक्तिलाई समेत अप्ठेरो पारेको छ। विश्व स्वास्थ्य कार्यक्रमले आफ्ना तीन कर्मचारीको ज्यान गएको जनाएको छ। यसपछि सो कार्यक्रमले सहयोग रोक्का गरेको छ। जबकी चार करोड ५० लाख जनसङ्ख्या भएको सुडानका एक तिहाइलाई सहयोग आवश्यक छ।

दुई साता अगाडि नै सेनाले सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार दुई पक्षीय सैनिक सत्ताको विस्थापित गरेर नयाँ शासनको बाटो खुलेको आभास धेरैलाई भएको थियो।

दुई साता अगाडि नै सेनाले सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार दुई पक्षीय सैनिक सत्ताको विस्थापित गरेर नयाँ शासनको बाटो खुलेको आभास धेरैलाई भएको थियो। त्यसका बाबजुद युद्ध विराम भंग भएर धेरै आक्रमण भएपछि सुडानलाई धेरै नै समस्यामा धकेलेको छ। अमेरिकी निकाय पनि त्यहाँ शान्ति स्थापना गर्न लालयीत भएको छ। केन्या, सुडान र जीबाउटीका राष्ट्रपतिले त्यहाँको भ्रमण गरिसकेका छन्।

पछिल्ला समय, संसारका धेरै देशका त्रासदीका पीडादायक दृश्यहरू छरपस्ट भएका छन्। यमन, सिरिया र अंगोलाको गृह युद्धको त कुरै छाडौँ रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण अहिलेको संसारका लगभग युद्ध कालीन अवस्था मानै देखिएको छ। सायद वर्ष २०२३मा यी धेरै देशका समस्या समाधान हुने छन्। स्रोत : बीबीसी, द गार्जीयन , न्यु योर्क टाइम्स

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ३९ बजे

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको