चीनको अस्पतालमा आगलागी : २१ जनाको मृत्यु  « Khabarhub

चीनको अस्पतालमा आगलागी : २१ जनाको मृत्यु 


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेइजिङको एक अस्पतालमा भएको भीषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ ।

चांगफेंग अस्पतालमा भएको सो भीषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।

प्रहरीले आगलागी कसरी भयो ? सो बारेमा अहिलेसम्म विस्तृत जानकारी बाहिर दिएको छैन । यद्यपि, सो घटनाका बारेमा गम्भीर रूपमा अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको  छ ।

न्युयोर्क टाइम्सका अनुसार अस्पतालमा आगलागी सुरु भए पछि कोही झ्यालमा त कोही एअर कन्डिसन माथि बसेर उद्धारका आशा गरिरहेका दृश्यले अवस्था निकै भावुक बनाएको थियो । उनीहरू उद्धारका प्रतीक्षामा रोइकराई गरिरहेका थिए भने कोही माथिल्लो तल्लाबाट हाम फालिरहेका थिए ।

जीवितै उद्धार गरिरहेका तथा घाइतेहरुलाई भने नजिकैको अर्को अस्पतालमा उपचार गराइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ४८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु