वेब सिरिज ‘सिटाडेल’का कारण चर्चामा प्रियंका « Khabarhub

वेब सिरिज ‘सिटाडेल’का कारण चर्चामा प्रियंका


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय वेब सिरिज ‘सिटाडेल’का कारण चर्चामा छिन् । ‘देशी गर्ल’का रुपमा परिचित प्रियंकाको एक्सनयुक्त सिरिज हेर्न उनका फ्यान लामो समयदेखि प्रतिक्षारत छन् । यो वेब सिरिजको दोस्रो ट्रेलरमा उनलाई जबरदस्त एक्सनमा देख्न सकिन्छ ।

हालैमात्र एक अन्तरवार्तामा उनले सिरिजमा गरिएको एक्सनपूर्ण अभिनयबारे खुलेर कुरा गरेकी थिइन् । रुसो ब्रदर्सद्वारा निर्देशित ‘सिटाडेल’ एक स्पाई थ्रिलर सिरिजको हो, जसको कथा प्रियंका र अभिनेता रिचर्ड मेडनको वरपर घुम्छ । सिरिजमा दुवैले एजेन्टको भूमिका निभाएका छन् ।

प्रियंकाका अनुसार सिरिजको ८० प्रतिशत स्टन्ट उनी आफैंले गरेकी हुन् । ‘सिरिजमा मैले लगभग ८० प्रतिशत स्टन्ट आफैं गरेँ, किनकी मलाई आफ्नो शरीर र प्रवृत्तिमा भरोसा छ । तर मैले धेरै कुरा सिके र यो सिरिजमा मैले यसअघिभन्दा गरेको राम्रो एक्सन छन्’, प्रियंका भन्छिन् ।

‘म एक्सन फिल्म गर्ने एक उद्योगबाट आएकी हुँ । मैले बलिउडमा पनि एक्सन फिल्म गरेकी छु । त्यसकारण जब म एक अद्भूत स्टन्ट टीमका साथ पाइलामा पाइला मिलाएर काम गर्छु, त्यो बेला म आफूलाई भरोसा गर्छु । सिटाडेलका लागि स्टन्ट टीम रुसो ब्रदर्सबाट आएका छन् । जसले उद्योगमा राम्रो काम गरेका छन् । मैले उनीहरूबाट धेरै सिकें’, उनले भनेकी छन् ।

‘सिटाडेल’को प्रिमियर २८ अप्रिलमा अमेजन प्राइम भिडियोमा हुनेछ । जसको नयाँ भाग हरेक शुक्रबार रिलिज हुनेछ । सिरिज विश्वभरमा २ सय ४० अधिक देशमा रिलिज हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १२ : ४३ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका