वेब सिरिज ‘सिटाडेल’का कारण चर्चामा प्रियंका | Khabarhub Khabarhub

वेब सिरिज ‘सिटाडेल’का कारण चर्चामा प्रियंका


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय वेब सिरिज ‘सिटाडेल’का कारण चर्चामा छिन् । ‘देशी गर्ल’का रुपमा परिचित प्रियंकाको एक्सनयुक्त सिरिज हेर्न उनका फ्यान लामो समयदेखि प्रतिक्षारत छन् । यो वेब सिरिजको दोस्रो ट्रेलरमा उनलाई जबरदस्त एक्सनमा देख्न सकिन्छ ।

हालैमात्र एक अन्तरवार्तामा उनले सिरिजमा गरिएको एक्सनपूर्ण अभिनयबारे खुलेर कुरा गरेकी थिइन् । रुसो ब्रदर्सद्वारा निर्देशित ‘सिटाडेल’ एक स्पाई थ्रिलर सिरिजको हो, जसको कथा प्रियंका र अभिनेता रिचर्ड मेडनको वरपर घुम्छ । सिरिजमा दुवैले एजेन्टको भूमिका निभाएका छन् ।

प्रियंकाका अनुसार सिरिजको ८० प्रतिशत स्टन्ट उनी आफैंले गरेकी हुन् । ‘सिरिजमा मैले लगभग ८० प्रतिशत स्टन्ट आफैं गरेँ, किनकी मलाई आफ्नो शरीर र प्रवृत्तिमा भरोसा छ । तर मैले धेरै कुरा सिके र यो सिरिजमा मैले यसअघिभन्दा गरेको राम्रो एक्सन छन्’, प्रियंका भन्छिन् ।

‘म एक्सन फिल्म गर्ने एक उद्योगबाट आएकी हुँ । मैले बलिउडमा पनि एक्सन फिल्म गरेकी छु । त्यसकारण जब म एक अद्भूत स्टन्ट टीमका साथ पाइलामा पाइला मिलाएर काम गर्छु, त्यो बेला म आफूलाई भरोसा गर्छु । सिटाडेलका लागि स्टन्ट टीम रुसो ब्रदर्सबाट आएका छन् । जसले उद्योगमा राम्रो काम गरेका छन् । मैले उनीहरूबाट धेरै सिकें’, उनले भनेकी छन् ।

‘सिटाडेल’को प्रिमियर २८ अप्रिलमा अमेजन प्राइम भिडियोमा हुनेछ । जसको नयाँ भाग हरेक शुक्रबार रिलिज हुनेछ । सिरिज विश्वभरमा २ सय ४० अधिक देशमा रिलिज हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १२ : ४३ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा