साना तथा घरेलु उद्योगलाई सहयोग गर्छु : मुख्यमन्त्री कार्की « Khabarhub

साना तथा घरेलु उद्योगलाई सहयोग गर्छु : मुख्यमन्त्री कार्की


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले घरेलु तथा साना उद्योगलाई बलियो बनाउन सहयोग गर्ने बताएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित ‘उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान’ कार्यक्रममा उनले रोजगारी, सीप र गरिबी निवारणमा सहयोग पुर्‍याउने यस प्रकारका उद्योगलाई सहयोग गर्न आगामी नीति तथा कार्यक्रम एवं बजेटमा उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको भूमिलाई उर्वर बनाउन तथा युवालाई रोजगारी उपलब्ध गराउन साना उद्योग स्थापना गरी महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले घरेलु उद्योगका उत्पादनलाई बजारीकरण गर्न आवश्यक तथ्यांक संकलन गर्न सामाजिक मन्त्रालयलाई निर्देशन दिँदै यसबाट रोजगारी वृद्धि हुने र उद्योग फस्टाउनका साथै प्रदेश समृद्धि हुने धारणा राखे । मुख्यमन्त्री कार्कीले महिला उद्यमी समाजमा पृथक पहिचान कायम गर्नुका साथै यसले समाजलाई सही बाटो देखाउने विचार व्यक्त गरे । 

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले उद्यमी महिलाले अन्य जिल्लाका महिलालाई सीप र प्रशिक्षण प्रदान गर्न आग्रह गर्दै संविधानमा व्यवस्था भएअनुसार रोजगारीको अधिकार खोज्नुपर्नेमा जोड दिए।

मन्त्रालयका सचिव वासुदेव दाहाल, सम्मानित उद्यमी विमला विश्वकर्मा, मातृका देवी प्रसाईं, बिना राई, साना उद्योग महासङ्घका प्रथम उपाध्यक्ष सीता छाराहाङ र सञ्चारकर्मी सुशीला पाठकले निरन्तरता र इच्छाशक्तिले उद्योग सञ्चालनमा सफलता प्राप्त हुने विचार राखे ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेशका १४ जिल्लाका २९ जना महिला उद्यमी महिलालाई नगद रु ५० हजारसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ३६ बजे

नेपाल राष्ट्रसङ्घको आर्थिक परिषद् सदस्यमा निर्वाचित

वाशिङ्टन डिसी – नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को

शोभितको बद्री बहादुरको फस्टलुक सार्वजनिक

काठमाडौँ – शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर

नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री आजदेखि खुला

काठमाडौँ– नेपाल रिपब्लिक मिडिया लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण

भक्तपुरका ४ नगरपालिकाका बासिन्दालाई रगत निःशुल्क

भक्तपुर – भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क

नेकपा एस निकट पत्रकारहरूको राष्ट्रिय अधिवेशन आजदेखि

काठमाडौँ – समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आज सुरु