ब्राइटनमाथि न्युक्यासलको सहज जीत « Khabarhub

ब्राइटनमाथि न्युक्यासलको सहज जीत


५ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जारी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ । शुक्रबार बिहान सकिएको खेलमा न्युक्यासलले ब्राइटनमाथि ४–१ गोल अन्तरको जित दर्ता गर्दै तेस्रो स्थान कायमै राखेको हो ।

न्युक्यासले ब्राइटनका खेलाडीले गरेको आत्मघाती गोलबाट सुरुवाती अग्रता लिन सुरु गरेको थियो । ब्राइटनका डेनिज उनडभले आफ्नै पोस्टमा गोल गरेपछि २२ औं मिनटमा न्युक्यासलले १–० को अग्रता लियो ।

पहिलो हाफको अतिरिक्त समयमा न्युक्यासलका डान ब्रुनले थप  गोल गरेपछि न्युक्यासल २–० ले अघि बढ्न सफल भयो । दोस्रो हाफको ५१औं मिनेटमा ब्राइटनका उनडभले गोल फर्काए पछि खेल २–१ को स्थितिमा रहन पुग्यो ।

तर, खेलको ८९औं मिनेटमा कलुम विल्सनले गोल गरे पछि खेल  ३–१ को स्थितिसहित सहज रूपमा अघि बढ्यो। तर, त्यो लामो समयसम्म स्थिर रहन सकेन ब्रुनो रोड्रिगेजले दोस्रो हाफको अतिरिक्त समयमा थप गोल गरेपछि न्युक्यासले ४–१ को सहज जीतसहित तेस्रो स्थानमा कायम रहन सफल भयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ७ : ४३ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ