सशस्त्रद्वारा अवैध सामान बरामद  « Khabarhub

सशस्त्रद्वारा अवैध सामान बरामद 


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ स्थित काँटाचोकबाट जेठ ५ गते सशस्त्र प्रहरीले करिब १ लाख १७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको हो ।

साइकलमा राखी अवैधरूपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको १ सय २० कार्टुन मदिरा नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।

यसैगरी, सोही जिल्लाको राजपुर नगरपालिका ६ कुडिया स्थित पानी ट्याङ्की नजिकबाट जेठ ४ गते सशस्त्र प्रहरीले करिब ४ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको मलखाद बरामद गरेको छ ।

सोही ठाउँको स्थानीयले संचालन गरेको पसलमा अवैधरूपले भण्डारण गरी राखेको उल्लेखित मूल्यको ४ सय ६६ बोरा मलखाद नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।

बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ५ : ०१ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको