सरकारले राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने « Khabarhub

सरकारले राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने


५ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी वर्ष राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा नेपाली संस्कृति प्रवर्द्धनमा विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । पशुपति र लुम्बिनीलाई विशिष्टीकृत अध्ययनस्थलका रूपमा विकास गरिने भएको छ ।

सरकारले नेपाली संस्कृति प्रवर्द्धन, ऐतिहासिकस्थलका उत्खनन, तिलौराकोट र जनकपुरलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्न प्रयत्न गर्ने नीति पनि सरकारले लिएको छ । धार्मिक तथा सांस्कृतिक स्थललाई सुन्दर बनाएर धार्मिक पर्यटन प्रवर्द्धन गरिने भएको छ ।

सरकारले ‘हाम्रो सम्पदा, राम्रो सम्पदा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पनि सरकारले आगामी वर्ष काम गर्ने भएको छ । सरकारले स्रष्टा संरक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रकृति र संस्कृतिको संयोजन गरी पर्यटन प्रवर्द्धन गरिने नीति पनि सरकारले लिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ५ : २१ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको