‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन्’  « Khabarhub

‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन्’ 


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरूप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए । राष्ट्रपति पौडेलले भने, ‘अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा फर्कन थालेको छ ।’

उनले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र विप्रेषण आप्रवाह बढेको बताए । विदेशी मुद्रा सञ्चिति बढेको, बैंकको ब्याजदरमा तुलनात्मक सुधार, विदेशमा भएका लाखौँ नेपाली सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया सुरु भएको उनको भनाइ छ ।

‘राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक मार्गबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ’, राष्ट्रपति पौडेलले भने , ‘सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ ।’

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ५ : २५ बजे

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि