कैलाली र कञ्चनपुर रेबिजको जोखिममा « Khabarhub

कैलाली र कञ्चनपुर रेबिजको जोखिममा


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा रेबिज रोगको जोखिम बढेपछि रोकथामका लागि रेबिजविरुद्धको खोप अभियान थालिएको छ ।

रेबिज रोकथामका लागि पछिल्ला समय कैलालीमा मात्रै तीन हजारभन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । “रोगको रोकथामका लागि सचेतना कार्यक्रमसँगसँगै खोप अभियान थालिएको छ”, भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले धनगढीमा आज भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भने, “सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीसहितका जिल्लाका लागि रेबिजविरुद्धको खोप अभियान चलाउन छ हजार मात्रा खोप पठाएको छ ।”

रोग अन्वेषण प्रयोगशाला धनगढीमा गएको तीन महिनामा रेबिजको शङ्का लागेका २८ पशुचौपायाको नमूना परीक्षण गर्दा २७ को नतिजा पोजेटिभ देखिएको जनाएको छ । पछिल्लो समयमा धनगढीसहितका क्षेत्रमा कुकुरको बन्ध्याकरण गर्ने काम पनि भइरहेको छ ।

यो अवधिमा रेविज सङ्क्रमित कुकुरले झण्डै एक हजार पाँच सय चौपायालाई टोकेको बताइएको छ । रेबिज रोगका कारण गएको माघ महिनामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ का युवक ललित विष्टको मृत्यु भएको थियो । रोग नियन्त्रणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्र कैलालीद्वारा आयोजित रेबिज रोग नियन्त्रणसम्बन्धी उक्त छलफलमा कार्यालय प्रमुख डा अवस्थीले मानिसले लापरवाही गर्दा रेबिजको जोखिम बढेको बताए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले रेबिजको स्थायी समाधान खोज्नका लागि पालिका तहले योजना बनाएर अघि बढ्नुपर्ने बताए । कार्यक्रमका सहभागीले रोगको रोकथामका लागि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

पशुपक्षीबाट मानिसमा र मानिसबाट पशुपक्षीमा सर्ने यो रेबिज सङ्क्रमित पशुको टोकाइबाट सर्ने गर्छ । सङ्क्रमित कुकुरको टोकाइबाट रोग सर्ने दर नेपालमा निकै बढी छ । कुकुर, बाख्रा, गाईभैँसी र स्यालबाट यो रोग सर्ने गर्छ ।

पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेश जोशीले जैविक विविधताको विनास, सहरीकरण, जलवायु परिवर्तनजस्ता कारणले समाजमा उत्पन्न भइरहेका रोगका नयाँ–नयाँ भाइरसका कारण रेबिजलगायतका जुनोटिक रोगको समस्या पनि बढ्दै गएको बताए ।

दूध उमालेर मात्र दही/मही बनाउने, काँचो मासु नखाने, सरसफाइमा ध्यान दिने र कुकुरलगायतका पशुचौपायाको टोकाइबाट बच्ने उपाय अपनाउन सकेमा यो रोगको रोकथाम हुनसक्ने पशु चिकित्सकले बताएका छन् ।

नेपाल पनि सदस्य रहेको ‘ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोल’ नामक विश्वव्यापी सञ्जालले सन् २०३० मा विश्वभर कुकुरको टोकाइबाट सर्ने रेबिजबाट हुने मानिसको मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ६ : ०७ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको