आतङ्कवादी हमला गरेको आरोपमा तीन इरानीलाई मृत्युदण्ड « Khabarhub

आतङ्कवादी हमला गरेको आरोपमा तीन इरानीलाई मृत्युदण्ड


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानले गत वर्ष मध्य शहर इस्फाहानमा ‘आतङ्कवादी’ सशस्त्र आक्रमण गरेको आरोपमा शुक्रबार तीन जनालाई मृत्युदण्ड दिएको इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले जनाएको छ ।

मिजानका अनुसार सन् २०२२ को नोभेम्बर १६ मा शहरको खाने एस्फाहान क्षेत्रमा उनीहरूले गरेको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

मिजानले भनेको छ, “अभियुक्तहरूलाई मुख्यतया ‘ईश्वरविरुद्ध युद्ध’ को आरोप लगाइएको थियो, जुन इरानी अधिकारीहरूले इस्लामी कोडहरूको उल्लङ्घन र ‘राष्ट्रिय सुरक्षामा खलल पुर्याउने’ लगायत विभिन्न अपराधहरूको लागि प्रयोग गरेका थिए ।

मृत्युदण्ड दिइएका व्यक्तिहरू मुजाहिद्दीन–ए–खल्क संगठनको सम्पर्कमा थिए, जसलाई इरानले आतङ्कवादी समूहको रूपमा चित्रण गरेको थियो ।

उनीहरूविरूद्ध इरानी जनता र अधिकारीविरुद्ध धेरै आतङ्कवादी घटनामा संलग्न रहेको आरोप लगाइएको थियो । तेहरानको एक अस्पतालमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि गत वर्ष इरानमा विरोध प्रदर्शन सुरु भएको थियो । इरानले संयुक्त राज्य अमेरिका र केही अन्य पश्चिमी देशहरूले देशमा ‘दङ्गा भड्काएको र आतङ्कवादीहरूलाई समर्थन गरेको’ आरोप लगाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ८ : २२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज